आदर्श ग्रामिण बहुउद्देश्यीय सहकारीको आठौं साधारणसभा सम्पन्न

सुर्खेत, २८ पुस ।

आदर्श ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि.वीरेन्द्रनगर–९ सुर्खेतले सहकारी लि. आठौं साधारणसभा सम्पन्न भएको छ । सहकारीको वार्षिक समिक्षा गोष्ठीसहित आठौं साधारणसभा सम्पन्न भएको हो ।

ग्रामिण क्षेत्रमा कृषि, युवा स्वरोजगारलगाएतका क्षेत्रमा काम गर्दै आएको सहकारीको आर्थिक वर्ष २०७६÷०७७ को नौ करोड ३ लाख ८० हजार ६ सय ७९ रहेको साधारणसभा पेश गरिएको थियो ।

गत वर्ष सहकारीको सेयर पूँजी ५४ लाख ४४ हजार ६ सय रहेकोमा यस आर्थिक वर्षमा २ लाख ३३ हजार ८ सय बृद्धि भएर ४ करोठ ३१ लाख २ सय ५५ रुपैयाँ पुगेको सहकारीका अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए । सहकारीमा कुल एक हजार आठ सय ५६ जना शेयर सदस्यको पाँच करोड ६७ लाख आठ हजार चार सय रुपैयाँ शेयर पुँजी रहेको अध्यक्ष बुढाले जानकारी दिए ।

ग्रामिण क्षेत्रमा कृषि क्षेत्रका काम गर्दै आएको संस्था भएका कारणले अबका दिनमा कृषि क्षेत्रको लगानीमा जोड दिइने अध्यक्ष बुढाले जानकारी दिए । त्यस्तै, सहकारीले पत्रकार रमेश रावललाई आदर्श ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि.वीरेन्द्रनगर–९ सुर्खेतले सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरेको छ । सहकारीको आठौं साधारणसभाको अवसरमा सहकारी क्षेत्रमा कलम चलाएको भन्दै नगदसहित प्रमाण–पत्र दिएर सम्मान गरेको हो । ग्रामिण क्षेत्रमा कृषि, युवा स्वरोजगारलगाएतका क्षेत्रमा काम गर्दै आएको सहकारी अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया