ताजा खबर
  

लायन्स क्लवद्धारा उच्च रक्तचाप तथा मघुमेह शिविर सञ्चालन

सुर्खेत, २८ पुस ।

लायन्सका अन्तरराष्ट्रिय संस्थापक मेल्भिन जोन्सको १४२ औ जन्म जयन्तीको अवसरमा लायन्स क्लव अफ भैरवस्थान सुर्खेतले उच्च रक्तचाप तथा मघुमेह शिविर गरेको छ । लायन्सको आयोजना र सुपथ मेडीकल हलको सहयोगमा मंगलवार वीरेन्द्रनगर ४ कुमाई चोकमा एक दिने शिविर सञ्चालन गरेको हो ।


उक्त कार्यक्रमको प्राविधिक सहजीकरणको सम्पूर्ण सहयोग सुपथ मेडीकल हलका प्रोपोराईट पे्रम भण्डारी र उनको स्वास्थकर्मी टिमले गरेका थिए । शिविरमा एक सय १२ जनाले परिक्षण गराएका थिए ।

क्लवका अध्यक्ष मित्रेन्द्रनाथ योगीको अध्यक्षता र लायन्स टियू ब्लड बैंकका संयोजक एमजेएफ टिकाराम चपाई प्रमुख अतिथी, विशेष अतिथिहरुमा वीरेन्द्रनगर ४ का वडा प्रतिनिधी शेर वहादुर के.शी.जोन चियर पर्सन ला. विनु सि भाष्कर र अतिथिमा क्लवका पूर्व अध्यक्ष द्धय प्रदिप पन्त, यामराज गिरी डिष्ट्रीक डिपार्टमेन्ट चिफ दल वहादुर गुरु¨, रामकिशोर रावल र क्लवका सम्पूर्ण वर्तमान पदाधिकारी लगायत क्लवका सदस्यहरु समेतको सहभागीता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार