टिप्पर आतंक रोक्न भन्दै प्रशासनलाई ज्ञापनपत्र

सुर्खेत, २८ पुस ।

गत पौष २४ गते सुर्खेतको छिन्चु बजारमा टिप्परको ठक्करबाट ज्यान गुमाएकी ताराकुमारी आलेका आफन्तले उचित क्षतिपूर्तीको माग राख्दै मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् ।


पीडितहरुले आफुहरुलाई कुनै जानकारी नै नदिइ मृतकको शव उठाएपछि आन्दोलन गरेको बताएका छन् । पीडितहरुले जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै बुधवारदेखि वीरेन्द्रनगरमा टिप्पर सञ्चालनमा रोक लगाउने जनाएका छन् ।

शुक्रवार वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिँदा ताराकुमारी आलेको मृत्यु भएको थियो । दुर्घटनाबाट मोटरसाईकल चालक शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही घाइते भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार