ओलीबा त निकै फायर भा छन् त हँ

हैन ! संसद विघटनबारे चार जना प्रधानन्यायाधिशहरले निकाल्या पे्रेस विज्ञप्तिलाई लेर ओलीबा त निकै फायर भा छन् त हँ । चिन्ता नगर्नोस् ओलीबा तपाइँकाविरुद्ध सडकाँ आउनेहरु त्यसै हराएर जान्छन् । तपाइँको सपोटाँ अदालतले जे गर्छ मान्छु, अदालतविरुद्ध आन्दोलनाँ जान्न भनेर काँगे्रसको सभापति भाषण गर्दै हिँड्याछन् त । अब तपाँइका न्यायाधिशहरलाई निर्णय गर्न के गाह्रो भो र ? विपक्षी दलको नेता नै संसद भंगप्रति सकारात्मक र पक्षाँ भएछि कसले के बक्छन् के बक्दैनन् । तिनका पछि लाएर साध्य हुन्न त ओलिबा !

त्यसैले ढुक्क हुनोस् । अदालतले तपाइँकै पक्षाँ निर्णय गर्छ । न्यायाधिश बनाउने बेलाँ तपाइँले र देउबाले बनाउने । अनि ऐले दायाँबायाँ सोचेर हुन्छ र ? सुन्छु अदालतका न्यायाधिशमात्रै हैन, निर्वाचनका आयुक्तहरुसमेत तपाइँकै हुन् रे ? जब निर्वाचन आयोगका आयुक्तहरु आफ्नो पक्षाँ छन् भने चुनाउ चिन्ह माकुने र प्रचण्डले लैजान्छन् कि भनेर किन खेदो खन्न लाग्नु भाछ के ओलीबा । सत्ता भन्या सत्तै होके । भलै चुनाव होला नहोला । तपाइँलाइँ साथ दिने देउवा भएछि र आफ्नो अधिनाँ पुलिस र सेना भएछि दुई चार बर्षपछि चुनाउ भएनी के भो र ?

दुईतिहाइ फेरि तपाइँकै हुने होला क्यारे । पैलो पटकको दुईतिहाइ माधव र दाहाललाई लखेट नै ठिक भो । अब आउने पाँच बर्षाँ जनताको समृद्धि भनेर पानीजहाज चलाम्ला, रेल गुडाम्ला, अनि फेरि अर्को पाँच बर्षका लागि दुईतिहाइ कतै नजा । त्योभन्दा त बढी कति खाने हो र ? त्यसपछि शेरबादुरलाई देनि भो । अनि माकुनेल्यै लएछन् भनेनी केभो र ? सहयात्री हुन् । गरि खान्छन् । हैन र ? विचराहरु ओलीले एक्लै खायो, हाम्ले खान पाएनम् भनेर चिच्याकल्लो गर्या गर्यैछन् । उनरुपनि त आफ्नै हुन् । बाँकिताँकि दे के भो र ? जयहोस ओलीबाको ।

वेदर्षि

तपाईको प्रतिक्रिया