संसदीय दलले सरकार हेरफेर गर्छ, पार्टीले हस्तक्षेप गर्दैन : जनार्दन शर्मा

सुर्खेत, २७ पुस ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकमा नेकपाका स्थायी कमिटि सदस्य जनार्दश शर्मा प्रभाकरले प्रदेश सभाका सांसदहरु नै सरकार निर्माणमा सबैभन्दा बढि अधिकारसम्पन्न भएको बताएका छन् । वैठकलाई सम्वोधन गर्दै विगतमा प्रदेश सरकारलाई संविधान अनुसार काम गर्न दिउ भन्दा प्रधानमन्त्री ओलीले नमानेको बताउँदै प्रदेश सभामा नेकपाका सांसदहरु सरकार गठन तथा पुर्नगठनमा स्वन्त्र हुने र त्यसमा पार्टी हस्तक्षेप नहुने बताएको नेकपाका एक सांसदले बताए ।

केपि ओलीले संविधानमाथि कु गरेको, आन्दोलनको आवश्यकता र आगामी योजनाबारेमा उहाँले धारणा राख्नु भएको थियो । एक सांसद भन्छन्, वैठकमा आगामी दिनमा यहाँका सांसदहरु नै बलियो हुने र को मन्त्री बन्ने वा कसलाई के बनाउने भन्ने बारेमा निर्णय गर्न प्रदेश सभा नै स्वतन्त्र हुन आवश्यक छ । प्रदेश सभालाई बलियो बनाएको खण्डमा मात्रै संघीयता टिक्न सक्छ ।

वैठकले गएको पुस पाँच गते गरिएको संसद विघटन असंवैधानिक भएको भन्दै कडाईका साथ प्रतिवाद गर्ने निर्णय भएको प्रमुख सचेतक सीता नेपालीले बताईन । उनका अनुसार पार्टीको विभिन्न तहद्धारा आयोजित संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने गरि आफ्नो क्षेत्रमा सक्रिय रुपले परिचालित हुने निर्णय गरिएको थियो ।

प्रचण्ड नेपाल समूहमा २२ जना सदस्य भएपनि सोमबारको बैठकमा २१ जनाको सहभागिता रहेको सांसद सुशिल थापाले बताए । उनका अनुसार सामाजिक विकास मन्त्री दल रावल कोरोना संक्रमित भएका कारण उनको थप उपचारका लागि काठमाडौं रेफर भएकाले उनी बाहेक २१ जनाको उपस्थिति रहेको हो ।

तपाईको प्रतिक्रिया