‘राजा आउ देश बचाउ’ भन्दै राप्रपाले मनायो पृथ्वी जयन्ती

सुर्खेत, २७ पुस ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । सोमबार राप्रपा नेपाल सुर्खेतको आयोजनामा पृथ्वी जयन्ती मनाईएको हो । राप्रपाले पृथ्वी नारायण शाहको फोटो राखेर ¥याली निकाल्दै नगर परिक्रमा गराएको थियो । मंगलगढी चोकबाट निकालिएको ¥याली आँखा अस्पताल हुँदै वीरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो ।

¥यालीमा सहभागीहरुले ‘राजा आउ देश बचाउ’ गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’ सहितको नारा लगाएका थिए । साथै श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह अमर रहुन्, राष्ट्रिय एकता दिवस सफल पारौं, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दुराष्ट्र कायम गर जस्ता नाराहरु लगाईएको थियो ।

सभामा बोल्ने वक्ताहरुले गणतन्त्र र संघियता खारेज गरेर २०४६ सालको संविधान लागू गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया