मिनी ट्रकभित्र पुरुषको शव भेटियो

सुर्खेत, २७ पुस ।

दैलेखमा मिनी ट्रकभित्रै चालक मृत अवस्थामा फेला परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १०, का अन्दाजी ४९ वर्षीय गंगाबहादुर सुनार मृत अवस्थामा भेटिएका हुन् ।

बिहान दुल्लु नगरपालिका १, तल्लोडुङ्गेश्वर बजारस्थित सुर्खेतबाट दुल्लुतर्फ सामान बोकी आएको लुअमा ९८१४ नम्बरको मिनी ट्रकमा सुतेका थिए । बिहान अबेरसम्म नउठेपछि गाडीको सिसा फोडेर हेर्दा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता तथा प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । उनका अनुसार उक्त विषयमा थप अनुन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया