ताजा खबर
  

भवन नहुँदा १ सय २६ बढी विद्यार्थी एउटै कोठामा

दुर्गा विसी
सल्लीबजार, २७ पौष ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता मावि च्युरामा विद्यार्थीको चाप ह्वात्तै बढेपछि पढाउने कक्षा कोठा अभाव भएको छ । एउटै कक्षामा १ सय २५ विद्यार्थी राखी पढाउने गरेको छ । एउटा बेन्चमा छ जना र कक्षामा १ सय २५ विद्यार्थी राख्ने गरिएको छ ।

कक्षा–६ मा ९६, कक्षा–७ मा १ सय ८, कक्षा–८ मा १ सय ९ जनालाई समेत कोठा अभावले एउटैमा भेडाबाख्रा हुलेझै पढाउनु परेको जनाएको छ । कक्षा–९ भने २ सय १० जना रहेका छन् । सेक्सन बनाई कक्षा सञ्चालन गर्दा दरबन्दी अपुग र अर्को समस्या कक्षा कोठा अभावले निकै तनाव बनाएको प्रधानाध्यापक गुमान सिंह विष्टको भनाई रहेको छ ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग विद्यार्थीको चापालाई मध्यनजर गरी भवन माग गर्दा समेत प्रयाप्त नभएको विष्टको भनाई छ । कक्षा–११ र १२ लाई छतमा राखेर पढाउने गरिएको छ । प्रावि तहमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्दा तल्लो कक्षाहरुमा समेत विद्यार्थी चाप अचाक्लि देखिन्छ । हाल यो शैक्षिक सत्रमा ११ सय विद्यार्थी पुगेको छ । अर्कोतिर प्राविधिक धार बाली विज्ञानको

लागि ल्याव प्रयोगशाला कोठा नहँुदा समेत विद्यार्थीको प्रयोगात्मक कार्यमा कठिनाई भएको शिक्षक बसन्त पराजुलीको भनाई छ ।  कक्षा कोठा अभावले कक्षा सञ्चालनमा चुनौती थपिरहेको बेला कसरी प्रयोगशाला सामग्री व्यवस्थापन गरि विद्यार्थीहरुलाइ सिकाउने भन्ने कुराले निकै समस्या बनाएको पराजुलीको भनाई छ ।


उक्त विद्यालयको समस्यातर्फ कसैले चासो नदिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलाराम बुढाको भनाई छ । पल्स टुदेखि तल्लो कक्षाहरु समेतमा १ सय बढी बिद्यार्थी राखी पढाउनु भनेको झारा टार्ने बाहेक अरु उपाए केही नभएको जनाएको छ । विद्यार्थीको चाप अनुसार सेक्सन विभाजन गरि पढाउने शिक्षक दरबन्दी नहुनु अर्को कुरा कक्षा कोठा अभावले एउटा कक्षामा १ सय २५ बढी राखेर पठनपाठन भैरहेको बुढाको भनाई छ ।

कक्षा– ६ देखि १२ सम्म एउटै कोठामा एक सय विद्यार्थी राखी पढाउनु भनेको विद्यालयको बाध्यता भएको जनाएको छ । भवन मागका लागि सबैसँग हारगुहार गर्दा समेत कसैले चासो नदिएपछि थकित भएर माग्न जान छोडेको प्रअ विष्टको भनाई रहेको छ । विद्यालयको यो समस्याप्रति सम्बन्धी निकाय वेखबर बनेको अभिभावकको गुनासो रहेको छ । कोचाकोचको समस्याले पढाइमा समेत असर पारेको विद्यार्थीको भनाइ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार