बाफिकोट गाउँपालिकामा छैन सार्वजनिक शौचालय

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २६ पुस ।

रुकुम पश्चिममा ६ स्थानीय तह रहेका छन् । तीन गाउँपालिका ३ नगरपालिका रहेका छन । यी मध्धे बाफिकोट गाउँपालिका बाहेक अरु सबै स्थानीय तहका बजारमा प्रसस्त मात्रामा शौचालय रहेका छन । चौरजहारीको सबै बजार, त्रिबेणी गाउपालिकाको झुल्नेटा र सिम्रुत, मुसिकोट नगरपालिकाको तल्लो बजार, माथिल्लो बजार, सल्ले, बाजबजार, सेरिगाउमा प्रसस्त मात्रामा सार्बजनिक शौचालय रहेका छन् ।


त्यस्तै सानीभेरी गाउपालिकामा सीम्ली बजार, आठबिसकोट नगरपालिकाको राडी बजारमा सार्बजनिक शौचालय रहेको स्थानीय उपेन्द्र ओलीले बताए । सदरमुकाम खलंगा देखि ५ कोष टाढा पर्ने बाफिकोट गाउपालिकाका सबै बजारमा स्थानीय तह बनेदेखि सार्बजनिक शौचालय बिहिननै छ । उक्त गाउँपालिकाको नेटाबजार, छिनखेत, नदुवा, मग्माको ततिगाउ, बेसिबजार, जिपू गाउ लगायतका बजारमा शौचालय नहुदा बजारमा किनमेल गर्न आउने स्थानीय बासिन्दालाई सास्ती परेको झुलाबाट सामान किन्न आउनु भएका वडा सदस्य राम बहादुर जैसीले बताए । गाउँपालिकाको कार्ययोजना अनुसार सबै बजारमा शौचालय बिस्तार गरिने योजना रहेतापनि योजनाको कार्यान्यन नगरेको स्थानीयले आरोप लगायका छन ।

शौचालय निर्माण गरिदिन पटक पटक व्यापारीले नम्रता गरेता पनि स्थानीय सरकारले बेवास्था जस्तै गरेको छ । बाफिकोट गाउँपालिकाको नजिकै रहेको नेटाबजारमा शौचालयको झन अभाब रहेको छ । सबै योजनाको सम्झौता गर्न सबै वडाबाट मानिसको घुईचो लाग्ने गर्दछ । त्यहि घुईचो लाई मध्य नजर गर्दै शौचालय निर्माण गर्न जरुरि देखिन्छ । शौचालय निर्माण नहुदा खुल्ला रुपमा दिशा भेटिन थालेको बाफिकोट ४ का राजु बिकले बताए । ८ महिना अगाडी रुकुम पश्चिमकै पर्यटकीय स्थल स्यार्पुतालामा जिल्ला बन कार्यालय रुकुम पशिमको आर्थिक सहयोगमा पुरुष, महिला सार्बजनिक शौचालय निर्माण गरिएको छ । ८० हजारको लागतमा उक्त शौचालय निर्माण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्र बहादुर केसीले बताए । शौचालय निर्माण भएपछि स्यार्पुतालामा पुग्ने पर्यटकलाई सहज भएको वडा अध्यक्ष केसीको भनाई छ ।

सामान किनमेल देखि लियर अन्य प्रयोजनका कारणले बजार पुगेका सर्बसाधारणलाई पिसाब लाग्यो भने निजि शौचालय जान बाध्य परेको बताए । निजि शौचालयमा जादा घर वालाले गालि गर्ने अशब्द प्रयोग गर्ने गरेको १ स्थानीयले बताए । उता बाफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले भने अबको केहि महिनामै सबै बजार ठाउमा निर्माण गरिने बताए । सार्बजनिक शौचालयको निम्ति आबश्यक बजेट छुट्याइएको र उपभोक्ता समिति निर्माण गरि काम अगाडी बढाईने बताए । आउदो बैशाख महिनामा शौचालयको मुहार देख्न सकिने उनको भनाई छ ।्र आफुले कार्यपालिकाबाट अनुमोदन गरि अघि बढाईयको अध्यक्ष केसीको जानकारि दिए ।

तपाईको प्रतिक्रिया