राष्ट्रिय सभाका सदस्यलाई प्रम ओलीले भने– तपाईंहरुलाई ढुक्क छ, निर्वाचन लड्न पर्दैन

काठमाडौं, २६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा भएका सदस्यहरुलाई निर्वाचन लड्न नपर्ने भएकाले ढुक्क भएको बताएका छन् ।

सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुले चुनाव लड्न नपर्ने भएकाले अन्य राजनीतिक नेताहरुलाई चाहिँ चुनावको तयारी गर्न अनुरोधसमेत गरेका छन् ।

‘अन्य दलका साथीहरुलाई चुनाव लड्न तयारी गर्ने अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

तपाईको प्रतिक्रिया