खानीखोलामा तरुण दलका अध्यक्ष नेकपा प्रवेश

दुर्गा विसी
सिम्ता, २४ पौष ।
सिम्ताको खानीखोलामा तरुण दल अध्यक्षसहित दर्जन बढी नेकपा प्रवेश गरेका छन् । विहिवार खानीखोलामा भएको नेकपाको भेलामा तरुण दल अध्यक्ष आन्नद बस्नेत र युवा नेता प्रेम घर्ती सहितका युवाहरु नेपाली काँग्रेस छोडी नेकपा प्रवेश गरेको सिम्ता गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ ।

खानिखोलाको वडा भेलामा प्रेम सुनारको अध्यक्षतामा भएको कार्यक्रम वडाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे । क्षेत्रीय सचिव गणेश विकले सिम्तामा पार्टी एकीकृत रहेको दावि गर्नुभयो । केन्द्रमा जे जस्तो भए पनि सिम्ता भने सतप्रतिशत नेता तथा कार्यकर्ता एक ढिक्का नै रहेको कार्यक्रमका प्रमुख अतिथि विकको उद्घोष रहेको छ ।

त्यसैगरी गाउँ कमिटी अध्यक्ष केसीले पनि सिम्ता हलचल नभई तटस्थ एक मना रहेको जनाएको छ । अन्य क्षेत्रमा भन्दा सिम्तामा सिङ्गो पार्टी एउटा रहेको जनाएको छ । भेलामा बोल्दै केसीले सिम्ता नेकपा प्रचण्ड–नेपाल टिमको सिङ्गो वहुमत रहेको जनाएको छ ।  सतप्रतिशत कार्यकर्ता सोही टिममा रहेको दावि गरिएको छ ।

केही दिन भित्रमा ५० बढी नेपाली कांग्रेसबाट नेकपामा भित्र्याउने रणनीति रहेको समेत खुलासा गरिएको छ । तरुण दस्ताका अध्यक्ष नै नेकपामा आए पछि अन्यहरु भने अचम्मित परेको जनाएको छ । नेकपा देशका विभिन्न ठाउँमा विभक्त हँुदै गएको छ । नेकपाका स्थानीय नेताहरुको मन चिराचिरा परेको छ । एक पक्षीय नेताहरु अर्को पक्षिय भेटिँदा मुण्टो बटारेर हिडेको भेटिन्छ तर सिम्तामा भने अन्य पार्टीबाट नेकपा पार्टी प्रवेश गराउने होडवाजी चलाएको छ ।

तपाईको प्रतिक्रिया