भेरी नदीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

सुर्खेत, २३ पुस ।

सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै यात्रुबाहक बस भेरी नदीमा खसेको छ । छिन्चुबाट जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।

दिउँसो ३ बजे बस भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । घटनाका विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरी जानकारी दिए । प्रहरी घटनास्थलमा जाँदै गरेको चौधरीले बताए ।

तपाईको प्रतिक्रिया