वडा कार्यालय गर्यो खेलाडीलाई सम्मान
प्रचण्ड खत्री ।
रुकुमपश्चिम, २३ पुस ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले २४ जना खेलाडीलाई सम्मान गरेको छ । उत्कृट खेल खेलेको भन्दै वडाले आफ्ना वडाका २५ जना खेलाडीलाई सम्मान गरेको वडा अध्यक्ष कस्तुप प्रकाश दाहालले जानकारि दिए । जिल्ला भलिबल संगले आयोजना गरेको भलिबल प्रतियोगितामा बाफिकोट ५ का खेलाडी दोस्रो भई ३१ हजार नगत र कप हात पारेका थिए ्र त्यसैको अबसरमा वडाले कार्यक्रमको आयोजना गरि खेलाडी सम्मानित भएका हुन ।
खेलाडीहरुले वडा कार्यालयलाई कप समेत हस्तान्तरण गरेका छ । यो बाफिकोट बासीको लागि खुसीको कुरा भएको सम्मान कार्यक्रममा जानकारी गराईएको थियो । महिला खेलाडीबाट ९ जना र पुरुस खेलाडीबाट १४ जना गरि २४ जना खेलाडी सम्मानित भएका वडा सचिब गोपाल डाँगीले बताए । वडा कार्यालयको तर्फबाट सम्मान पत्र र दोसल्ला उपलब्ध गराई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
महिला टिमकी क्याप्टेन बेल कुमारी रिजाल सहित ९ र पुरुस टिमका प्रशिक्षक गोर्ख दाहाल सहित १४ जना समानित भएका हुन । २०७६ सालमा आयोजना गरिएको युद्द पर्यटन तथा मेलगैरी जनबादी सास्कृतिक मेलामा महिला टिम भलिबलमा प्रथम भएको थियो । त्यस्तै २०७६ सालमा १० नम्बर वडाले आयोजना गरिएको प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा पुरुस टिम दोस्रो र जिल्ला भलिबल संग रुकुम पशिमले आयोजना गरिएको भलिबल प्रतियोगितामा दोस्रो भएर आफ्नो कृतिमान राखेको थियो ।
वडा अध्यक्ष कस्तुप प्रकाश दाहालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कार्यपालिका सदस्य झरना शाहीको प्रमुख आतित्यता रहेको थियो भने वडा सदस्य मनिसा बिक, भलिबल टिमका प्रशिक्षक गोर्ख दाहाल लगायतको आतित्यता रहेको थियो भने कार्यक्रमको संचालन वडा सचिब गोपाल डाँगीले गरेका थिए ्र वडा कार्यालयमा खेलाडीको फोटो समेत राखिएको छ ।
