ताजा खबर
  

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या चार पुग्यो

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा वाशिङ्टनमा भइरहेको हिंसात्मक प्रदर्शनमा चार जनाको ज्यान गएको छ । ट्रम्प समर्थकले संसद भवन (क्यापिटल बिल्डिङ) भित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा उनीहरुको ज्यान गएको हो ।

वाशिङ्टनमा रहेको संसद भवनभित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम रहेको थियो ।


ट्रम्पका समर्थकहरुले भवनभित्रै पसेर विरोध गर्न थालेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो । ट्रम्पका सयौं समर्थकहरुले चुनाव रद्द गर्न माग गरेका थिए । यसैबीच अमेरिकामा भइरहेको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनललगायतले यस घटनाको निन्दा गरेका बीबीसीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार