कर्णालीमा आउँदो महिना साहसिक खेल हुने

सुर्खेत, २३ पुस ।

खेलकुदमार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशमा साहसिक पर्यटकीय खेल सञ्चालन गरिने भएको छ । आउँदो महिना माघको अन्तिम सातातिर उक्त खेल सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले तयारीसमेत थालेको छ ।

 ¥याफ्टिङलाई साहसिक खेलका रुपमा समेत विकास गर्न उक्त खेल सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘कर्णाली प्रदेशका विभिन्न नदीमा साहसिक खेल ¥याफ्टिङको सम्भावना छ,’ सामाजिक विकास मन्त्रालयअन्तर्गतको युवा तथा खेलकुद महाशाखाका उपसचिव जवाहरलाल हमालले भने, ‘यो खेलबाट त्यस्ता सम्भावनालाई प्रचारसमेत गर्छौं ।’ जसले कर्णालीको साहसिक खेलकुदमा आकर्षण बढ्ने अपेक्षा राखिएको छ । गत वर्षहरुमा पनि यस्ता खेलका लागि रकम विनियोजन गरिए पनि खेल सञ्चालन हुन सकेका थिएनन् । यहाँ नदी आसपास बस्ने राजी समुदायलाई समेत यसमा सहभागी गराएर रोजगारी सिर्जना गर्ने उनको भनाइ छ । यस खेलका लागि आठ लाख रूपैयाँ विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो भएकाले यस्ताखाले खेलकुदले महत्वपूर्ण योगदान पु(याउने पर्यटन व्यवसायीहरुको भनाइ छ । यस्ता साहसिक खेलले पर्यटकलाई लोभ्याइरहेका उनीहरु बताउँछन् । साहसिक खेलमा रमाउनेहरूका लागि (याफ्टिङले पनि नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ । (याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुङ्गा प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो । (याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुला गरिएका छन् । सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी, त्रिशूली, कर्णाली, सेती, भेरी, राप्ती, कालीगण्डकी, सेतीलगायत नदीमा ¥याफ्टिङको मजा लिन सकिन्छ । पर्यटकको रोजाइअनुसार फरक फरक प्याकेजमा फरक फरक दर यो खेलमा कायम गरिएको हुन्छ ।

नागरिक दैनिकबाट साभार ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार