पूर्वेली नारीले दैलेखी ब्यापारीलाई पार ला

हैन ! दैलेखाँ नेता र कर्मचारीले त लुटतन्त्र मच्चाथे मच्चाथे । सिगापुरे रेडक्रसको सिइओको नामाँ एउटी महिलाले रकम ठगी गरेर तहल्का मच्चा देख्दा दैलेखाँ दैलेखका मात्रै हैन, इटहरीसम्मका मान्छे पुगेर त्याँका व्यापारी र युवाहरको आँखाँ छारो हालेर करोडौँ रुप्पियाँ लुटेर लग्या सम्चार सुन्दा उइल्यै उल्यै गौँडा गोश्वाराका दैलेखेर ऐल्या दैलेखेहरुवाँ जमिन आसमानकै फरक देख्खियो त हँ । इटहरीयाट दैलेख पुगेर ठग्ने आँटभाकी विद्या शर्मा उर्फ सरकारको साहस हेर्दा मान्नैपर्ने मात्रै हैनकी, मान्छे साँच्चिकै आँटभाकी रैछन् भन्नुपर्ने पो भो त । देश अनुसार भेष भन्याझैँ जुन मुलुकका नेता कर्मचारी राजनीतिक कार्यकर्ता लुटतन्त्र र भष्टाचारको खेतियाँ मौलाछन्, त्यो मुलुककी नारीले नि महान नारीका रुपाँ काम गर्दा के भो र भनेर त होला विद्याकी खानीले विद्याको जोरजाम गर्न नसकेनी रप्पियाँको जोरजाम गर्न दैलेख पुगिछन् हैन र ?

नारी शक्ति अपरम्पार हुन्छ भन्थे । त्यै भएर होला पूर्वेली नारीले दैलेखी ब्यापारीलाई पार ला । कुरा सुन्दैमा र अनुहार हेर्दैमा मख्ख पर्या कारणले त होला विचरा दैलेखका ब्यापारीहरु डुब्या । घर न घाट, ठाउँ न ठेगाना केही नभा मान्छेलाई केमा आकर्षित भएर रप्पियाँ दे होलान् भन्ने बिषयाँ जुँगा चल्यो कुरा बुझ्यो गरे भैगो । असारदेखि पैसा र सामान लगेर गाकी ती महिला पुसको मैनासम्म (सींगापुरे रेडक्रसकी सिइओ) फर्केर नआएछि एकैचोटी छानाट खसेझैँ भएर पुलिसाँ ग्वार माग्न गएछी बल्ल था पाएछन् विचराहरले आँफूहरु ठग्गिया । आँफूलाई संसाराँ सबैभन्दा बाठो प्रमाणित गर्न खोज्ने दैलेखका मान्छेलाई त्यैँका मान्छेसित विवाह गर्ने र बस्ने सम्मको जाल बुनेर रुप्पियाँ उठाएर भागेकी विद्या सरकारलाई दैलेखको पुलिसले कसरी समाएर दैलेख ल्याउला र पैसा असुल गराइ देला भन्न गाह्रो छ ।

उल्लाई समाउन जाँदै गर्दा महिला अधिकार भनेर कति महिलाले सडक तताउने हुन् । अपराधी र ठगी गर्नेको संरक्षणमा ऐल्या नेतारु टाङ्ग अड्याउन सारै खप्पिस छन् । तिनी पनि कुनै न कुनै दलकी होलिन् । अनि दलका नेतारु उनकै संरक्षणाँ आउने होलान् । दैलेखाट मात्रै दुई करोड उठाएर गएकी महिलाले काठमाण्डूसम्म कतिलाई पो ठगेर गइछिन् । अब उनले त्यो रकम काँट जुटाएर देलिन् र ? त्यसैले दैलेखका ब्यापारी साथीहरु रकम दिने बेलाँ के हेरेर मख्ख परेर दिनुभाथ्यो । अब त्यै गरेर मख्ख परेर आममाफी दिनोस् । बस अरु के भनौँ र ?

वेदर्षि

तपाईको प्रतिक्रिया