सुर्खेत बिमानस्थल बिस्तार रोक्न ध्यानाकर्षण

सुर्खेत, २२ पुस ।

वीरेन्द्रनगर १० र १२ का वडावासीले सुर्खेत विमानस्थल विस्तार कार्य रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । सरोकारवाला समितिले मंगलबार वीरेन्द्रनगरका कार्यवहाक प्रमुख मोहनमाया ढकाल (भण्डारी) लाई भेटेर बिमानस्थल बिस्तारका रोक्न ध्यानाकर्षण गराएका हुन् । विमास्नस्थल विस्तार दीर्घकालीन समस्या समाधान नहुने भन्दै विमास्थल विस्तार कार्य रोक्न ध्यानाकर्षण गराएका हुन् ।

भेटघाटमा उपप्रमुख ढकालले विमानस्थल विस्तारका लागि नगरपालिकाले पाँच प्रतिशत रकम नबेहोर्ने बताइन् । ‘बिमानस्थल निर्माण सम्बन्धमा प्रदेश र संघिय सरकारविच मात्र ५०÷५० बजेट खर्च गर्ने सम्झौता भएको हो, नगरपालिकाले सम्झौता गरेको छैन’ कार्यबाहक प्रमुख ढकालले भनिन्, ‘नगरपालिकाको अबको पूर्ण बैठकमा बैठक र प्रदेश सरकारसँग छलफल गरिने छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बिमानस्थल बिस्तारका सम्वन्धमा जनस्तरबाट विरोध भएकाले यस सम्वन्धि थप छलफल गर्न माथिल्लो निकायलाई अनुरोध गर्ने गरी प्रमुख जिल्ला अधिकारी संगको बैठकमा कुरा उठेको बताए ।

तपाईको प्रतिक्रिया