सुकुम्बासीलाई लालपूर्जा दिन पहल गर्दैछौं

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरदेखि पश्चिम क्षेत्रमा अवस्थित छ बराहताल गाउँपालिका । मुख्यगरी वनजंगल, वनपैदाबार र कृषि उत्पादनलाई मुख्य आम्दानीको स्रोत रहेको यस गाउँपालिकाले जनप्रतिनिधि पाएको पनि साढेतीन वर्ष वितिसकेको छ । यो अवधीमा यस गाउँपालिकामा के कस्ता विकास निमार्णका काम भए ? जनताको अपेक्षा अनुरुप जनप्रतिधिधिले काम गरे वा गरेनन् ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्मासँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः

हिजोआज के गर्दै हुनुहुन्छ ?

हाम्रो गाउँपालिकामा भइरहेका काम र योजनाको अनुगमन भइरहेको छ । गाउँपालिकामा कर्मचारीको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ । यस्तै काममा व्यस्त छु । यस्तै गाउँपालिकामा संचालन हुने विभिन्न औपचारिक कार्यक्रमहरुमा जाने काम पनि भइरहेको छ । जनताका समस्या सुन्ने काममा नै समय वितेको छ ।

तपाइँ निर्वाचित भएपछि गाउँपालिकामा के काम गर्नुभयो ?

हामीले यो अवधीमा प्रत्येक वडामा शहरी स्वास्थ्यका भवन निमार्ण ग¥यौं । स्थानीय नागरिकहरुको घरदैलोमा स्वास्थ्यको पहुँच पु¥याएका छौं । एक वडा, एक स्वास्थ्य केन्द्र भन्ने नारा अगाडी बढाएर काम गरिरहेका छौं । कृषिको क्षेत्रमा पनि हामीले काम गरेका छौं । शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधारका विकास ग¥यौं । विद्यालयहरुमा छात्रालाई सेनेटरी प्याडहरु वितरण गरेका छौं । प्राविमा दिवा खाजा वितरण गरेका छौं । पूर्वाधार विकासमा पनि कामहरु भएका छन् । चुनावमा पनि जनतासँग सडकको विस्तार गर्छाैं भनेका थियौं, यो त पहिलो प्राथमिकतामा पर्छ । हामीले विभिन्न सडक सञ्जालहरु पनि खोलेका छौं । महिला लक्षित कार्यक्रम पनि गरेका छौं । आकस्मिक कोष स्थापना गरेका छौं । त्यसमा हामीले गर्भवती महिलासँग उपाध्यक्ष भनेर कार्यक्रम नै सञ्चालन गरेका छांै ।

गाउँपालिकामा मुख्य समस्या के छन् नी ?

हाम्रो पालिकाको मुख्य समस्या भनेको त सुकुम्बासी समस्या नै हो । यहाँ धेरै जग्गा ऐनाली छ । सुकुम्बासी आयोगमार्फत सेतो पूर्जाबाट रातो पूर्जा दिन सकेका छैनौं । यसका लागि पहल पनि गरिरहेका छौं । अर्काे समस्या भनेको भेरी पारी एउटा समुदाय रहेको छ । उक्त समुदायमा सडकको सञ्जाल त पुगेको छ, तर यातायातको सुविधा पु¥याउन सकिएको छैन । हाम्रो पालिकामा बालविवाह पनि समस्याकै रुपमा रहेको छ । छुवाछुत पनि छ । हामीले बालविवाह र छुवाछुतको न्युनिकरण गर्न सकेका छैनौं ।

विद्यामान समस्या समाधान गर्न के पहल गर्नुभयो ?

हामीले सुकुम्बासीका समस्या समाधानका लागि सुरुमै बजेट छुट्याएर काम पनि गरेका हांै । संघ र प्रदेशको कानुन समयमा नआउँदा हाम्रो बजेट परिवर्तन गर्नुप¥यो । अहिले भने सुकुम्वासी आयोग गठन भएको छ । आयोगसँग र्फमहरु भरेर सहमति पनि भएको छ । तर देशमा सरकारस्थिर रहने की नरहने भन्ने अवस्था आएको छ । यसले हाम्रो कार्यक्रमलाई प्रभाव पार्न पनि सक्छ । आयोगमा लोकसेवाबाट नियुक्ति नभएर राजनीतिक रुपमा हुने भएकाले समस्या आउला की भन्ने चिन्ता पनि छ । तर पनि हामीले गर्ने पहल त गरिहेका छौं । र गर्ने पनि छौं ।

नयाँ बजेटमा गाउँपालिकाले कस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको छ ?

हाम्रो कार्यविधि अनुसार हामीले कार्यक्रम ल्याएका छौं । वडा समिति र नेटर्वक छन् । वडा र नेटर्वकसँगको छलफल र समन्वयमा हामीले कार्यक्रम ल्याएका छौं । आवश्यकतामा आधारित हामीले कार्यक्रमहरु ल्याएका छांै ।

प्रदेश र संघका योजनामा कसरी समन्वय भइरहेको छ ?

संघ र प्रदेशबाट नै बजेट आएर हामीले काम गर्ने हो । तर पनि संघ र प्रदेशसंग हामीले राखेको माग भने पुरा भएका छैनन् । केही कुरामा समन्वय हुन्छ केही कुरामा हुँदैन । प्रदेशसँग हामी प्रत्यक्ष नजिक हुने भएकाले जति समन्वय हुनुपर्ने हो त्यति भएको छैन ।

युवालाई गाउँमै स्वरोजगार बनाउने योजना के छन् ?

कोरोना भाइरसको महामारीले गर्दा भारत लगायत तेस्रो मुलुकबाट स्वदेश फर्किएका युवालाई स्वरोजगार बनाउनका लागि गाउँमै काम दिने गरेका छांै । त्यसमा हामीले योजना तर्जुमा गर्दा गाउँका युवालाई रोजगारी दिनेगरी बजेट छुट्याएका छौं । मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्त हामीले युवाहरुलाई स्वरोजगार बनाएका छौं । गाउँको विकासमा डोजर नलगाएर युवालाई नै परिचालन गरेर रोजगारी दिने नीति पनि ल्याएका छौं । सिपमुलक कार्यक्रमहरु पनि गर्ने गरेका छौं । विभिन्न संघसंस्थाहरुको कार्यक्रम आउँदा पनि व्यक्ति पहिचान गरर त्यसमा संलग्न गराउने गर्छौं ।

सत्तारुढ नेकपा विभाजनबारे तपाइँको धारणा के छ ?

एउटा कार्यकाल एउटा सरकारले चलाउँदा राम्रो हुन्छ । नयाँ सरकार आउँदा सबै कुरा नयाँ हुने भएकाले आम नागरिकमा पनि प्रभाव पर्छ । सरकार स्थिर होस् भन्ने मेरो धारणा हो ।

अबको योजना के छ ?

हाम्रो अबको योजना भनेको विपद् व्यवस्थापन गर्ने हो । हामी कर्णाली र भेरी नदीबाट असुरक्षित छौं । २०७१ सालको बाढीले क्षति पु¥याएको बस्ती हामीले व्यवस्थित गर्न सकेका छैनौं । यस्तो जोखिमबाट बच्नका दिगो योजना बनाएर अघि बढ्ने छौं ।

तपाईको प्रतिक्रिया