विप्लवका दुई जना कार्यकर्ता पक्राउ

कालिकोट ।

कालिकोटबाट नेत्रबिक्रम चन्द ‘विप्लव’का दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नरहरीनाथ गाँउपालिका–९ लालुका ३६ बर्षे दुर्गबहादुर बोहोरा र जाजरकोट भेरी नगरपालिका–२ का पदमबहादुर पुन छन् ।

प्रहरीले बोहोराको घरमा लुकाई छिपाई राखेको अवस्थामा अर्धनिर्मित बन्दुक १ थान, प्रेसरकुकर १ थान, जेवाले १ वटा, डेटोनेटर २४ थान, सकेट ९ थान, गन्धक १ केजी, सोडा आधा केजी, चार्ज व्याट्री १ थान, व्याट्री कनेक्सन लगायत थुप्रै विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको छ ।

विप्लव विरुद्धको विशेष अप्रेशनका क्रममा उनीहरु आईतबार साँझ लालुबाटै पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार सार्वजनिक गरिएको कालिकोटका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया