कर्णाली उत्सव फागुन अन्तिम साता

सुर्खेत, २० पुस ।

आउँदो फागुन अन्तिम साता ‘कर्णाली उत्सव’ को दोश्रो संस्करण सञ्चालन हुने भएको छ । फागुन २७, २८ र २९ गते तीन दिनसम्म वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा आयोजना हुनेछ । उत्सवमा देशभरबाट ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुको सहभागितामा कर्णालीको इतिहास, राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, सांस्कृतिक र ऐतिहासिक पहिचान लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए ।

ऋति फाउण्डेसनले आयोजना गर्दै आएको उत्सवमा सरोकारवालासँगको बहसलाई प्राथमिकतता दिइएको छ । बहसमार्फत नै कर्णालीको पहिचान गराइने आयोजकले बताएको छ । फागुन अन्तिम साता देशकै ध्यान कर्णालीमा केन्द्रित गरिने उत्सवका संस्थापक दिनेश गौतमले बताए । २०७६ फागुनबाट सुरु भएको ‘कर्णाली उत्सव’ हरेक वर्ष आयोजना गरिने आयोजकले जनाएको छ । उत्सवको दोश्रो संस्करणमा थप आकर्षणका केही प्रस्तुतिहरु समेत थप्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया