सिद्धार्थ सहकारीको १९ औं साधारणसभा सम्पन्न

सुर्खेत, १९ पुस ।

सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आइतबार एक कार्यक्रमका बीच वीरेन्द्रनगरमा १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

गत वर्ष आर्थिक वर्षमा २ अर्बको कारोवार गरेको संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा एक अर्व ७६ करोडको बारोबार गरेको छ । कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६÷०७७ मा १४.८७ प्रतिशतले कारोवारमा कमी आएको संस्थाले जनाएको छ । संस्थाले गत वर्षको तुलनामा यो वर्ष ५.३५ प्रतिशतले मुनाफामा कमी आएको संस्थाका कोषाध्यक्ष धनबहादुर सलामी मगरले बताए ।

संस्थाले शेर सदस्यहरुको माग अनुसार जिल्ला स्थित विभिन्न ठाउँमा संम्पर्क कार्यालयहरु पनि सञ्चालनमा ल्याएको अध्यक्ष टोपबहादुर टंलामी मगरले जानकारी दिए । यसवर्ष कोरोनाका कारण संस्थागत विकास र आर्थिक कारोबारमा सुस्तता आएको भन्दै उनले आगामी दिनमा योजना बद्धरुपमा काम गरी समाधान गरिने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैकका सञ्चालक हरिहरनाथ योगीले महामारीले थलिएको संस्थालाई माथी उकानु आजको चुनौती रहेको बताए । उनले सहकारीलाई प्रविधि मैत्री बनाउँनु पर्नेमा जोड दिदै एउटै एटिएमबाट अन्य सहकारीमा पनि पैसा निकाल्न सक्ने गरी काम भै हरको बताए ।

संस्थाले आगामी कार्यक्रम अन्तर्गत सदस्यता बृद्धी, वहुउद्देश्य मुलक व्यवसाय, दिगो कृषि पशुपालन र पर्यटनका संभाव्यता अध्ययन, व्यवसायिक समुह गठन लगायतका कार्यक्रम रहेको संस्थाको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया