नेपाली काँगे्रस अहिले जनतालाई घाँडो भाछ

प्रजातान्त्रिक दल नेपाली काँगे्रस अहिले जनतालाई घाँडो भाछ । विपी कोइराला मरेदेखि नै पार्टी कल्ले कब्जा गर्ने भनेर लडाइँ छ । तिनै नेताहरुकै लडाइँले देशाँ गणतन्त्र आयो । जनताले कमिनिष्टलाई दुईतिहाइ मत दिए । सत्ताँ पु¥याए । तर पनि यी काँगे्रसीहर आपसाँ मिल्न सक्या छैनन् । कुकुरलाई अघाउन्जेल मासुभात खान दिएनी एउटा हड्डी फाल्द्यो भने मासुभात खाएर अघाको कुरो विर्सेर कुकुर हड्डीका लागि लडन् जान्छनी, त्यहीताल काँगे्रसका नेताहरुको छ । प्रधानमन्त्रीले संसद भंग गरे । संसद भंगको विरुद्ध सारा मानिसको आवाज उठी रहेको छ । अरु मान्छे सडकमा पुगेर प्रधानमन्त्रीको कदम गलत भनेर कराउँदै छन् । तर काँगे्रसका नेताहरु भने पौडेलले एकातिर भने देउवा अर्कोतिर गरेर लडि राछन् ।

कोइराला परिवारको विरासत उनीहरुले नै चलाउन पाउनुपर्छ भन्ने मानसिकताले काँगे्रसलाई नराम्रोसित गाँज्दा यो पार्टी धरासायी बन्दै गइरहेको छ । तर उनीहरु सुध्रिने भन्ने संकेत कतै देखिन्न । त्यतिमात्रै हैन, नेपालाँ संयुक्त भाका कमिनिष्ट नेता र उनरको पार्टी ऐले दुई भागाँ बाँडिएर एकले अर्कालाई तथानाम पाँडेगाली गर्दैछन् । यस्तो बेलाँ देशको दोस्रो पार्टीका नेता हुम् भनेर कुर्लिने नेतारु एक ढिक्का भएर जनतालाई विश्वास दिएर देश र जनताको जिम्मेवारी निर्वाह गर्छौँ भनेर सडकाँ आउनुपर्ने ठाँ पार्टीको बैठक बोलाएर अाँफूआफू लडाइँ गर्दैछन् । जनता यिनीहरुको लडाइँ देखेर मुख लुकाएर हिँडने बेला भैसक्यो । पार्टीमा सँधैभरी झगडा मात्रै गर्ने र जनताको विश्वासलाई कुल्चँदै जाने हो भने कमिनिष्टहरु फुटेझैँ गरी काँगे्रसीहरु पनि आआफ्नो गरेर खानतिर लाग्दा हुन्छ ।

एकले अर्कालाई सम्मान नगर्ने र नेता स्वीकार नगर्ने नै हो भने एउटै पार्टीयाँ बसी रहनुको औचित्य के ? सुर्खेताँ त झन् काँगे्रसीहरुले यतिधेरै ताण्डब देखाछन् कि सुन्दै र देख्दै दिक्क लाग्छ । ह्याँ पार्टीका कुनै नेता कार्यकर्ता छैनन् । ब्यक्ति ब्यक्तिका कार्यकर्ता र नेता भा ठाँ काँगे्रसप्रति आस्था मात्रै राख्ने र चुनाबाँ भोट हाल्ने अनि आँफूले मत हाल्या पार्टीले चुनाउ जितोस् भनेर चाहना राख्ने जनतालाई सुर्खेताँ सारै तनाव छ । आफ्ना मान्छेबाहेक अरुलाई पार्टीको सक्रिय सदस्य त दिन हुन्न भन्ने नेतृत्वका कारण कैयौँ काँगे्रसीहरु पीडित भएको गुनासो सडकभरी पोख्यिाछ । आपसी लुछाचूँडिका लागि कार्यकर्ता लडाउने यस्ता नेतारुसित जनताले के आश गर्नु ? अनि के भनेर जनताले काँगे्रसलाई भोट हाल्ने ?

वेदर्षि

तपाईको प्रतिक्रिया