बनगाड कुपिण्डे नगरपालिका १ नं वडामा तरुण दल गठन

दुर्गा विसी ।

सल्यान, १८ पुस ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ मा मोविर रानाको अध्यक्षतामा ९ सदस्य तरुण दस्ता गठन गरिएको छ ।सचिवमा सुनिल नकाल र कोषाध्यक्षमा कृष्ण विसिलाइ चयन गरिएको छ । तरुणदल गठन कार्यक्रम प्रमुख अतिथि निति तथा प्रशिक्षण भिभागका केन्द्रीय सदस्य धुर्वराज पुरिले अब देशमा नेपाली कांग्रेस वाहेक अरु विकल्प नरहेको जनाउनु भएको छ । कम्युनिष्टले देशलाई बरवादी तर्फ धकेलेको जनाउँदै अब अन्य विकल्प नहेरी नेपाली कांग्रेस मात्रै यो देशको संरक्षण कर्ता भएको जनाएको छ ।

कांग्रेसले मात्रै देश हाक्ने अरु सबै असफलता भएको अहिलेको यो जवलन्त उदाहरण हो ।तरुण दल गठनसंगै अब बागाड कुपिण्डेमा आउदा चुनावी महालमा अग्रता लिन युवा दस्तालाई जुटन समेत पुरिको अपिल छ ।अन्य बाँकी नेकपाका युवा दस्ता समेत जतिसक्दो चाँडै आफ्नो पार्टीमा समाहित हुन उहाँको जोड थियोे । पुरिले पछिल्लो देशको अवस्था प्रति खिन्नता जनाउँदै केन्द्र देखि स्थानीय तहमै नेकपा पुरै असफल भएको र अब यश तर्फ सजगता अपनाउन सबै सचेत हुन पनि भनिएको छ ।

सबै भन्दा फोहरि खेलमा नेकपाको नेतृत्व लागेको समेत आरोप लगाउनु भयो । कुनै विभि विधानमै नभएको कुरा अहिले देशमा भैरहेको समेत जनाएको छ ।त्यसै गरि उक्त कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति तथा शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी,दिपेन्द्र विष्ट, उषा राना, पुरुषोतम आचार्य र तरुण दलका नगर अध्यक्ष विजय वस्नेतले समेत मन्तव्य राखेको जनाएको छ । नगर सभापति टोपवहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन रामवहादुर वस्नेतले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया