संक्रमितलाई काठमाण्डौ लगियो

डोल्पा, १८ पुस ।

कोरोना संक्रमतिलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको छ । संक्रमित भएपछि आइसोलेशनमा बसेका दुई जनाको स्वास्थ्य अवस्था गम्भिर बनेपछि उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।

स्थानीय सरस्वती माविमा पढाउने शिक्षक र ठुलीभेरी नगरपालिका–२ का वडाध्यक्षको स्वास्थ्य जटिल भएपछि आफन्तले हेलिकोप्टरबाट काठमाण्डौ लगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । शिक्षक दम, प्रेसर, र सुगरका विरामी हुन् । यस्तै वडाध्यक्ष दमको समस्या छ । दुवैजना दिर्घरोगको विरामी भएको र चिसो बढेपछि थप समस्या भएको डाक्टरहरुको भनाइ छ ।

पुस महिनामा दुई चरणमा कोरोना परीक्षण गर्दा जिल्लामा नौ जना संक्रमित भेटिएका थिए । हाल अन्य सात जना निको भएर घर फर्किए पनि दुई जनाको अवस्था गम्भिर भएपछि जिल्लामा उपचार हुन नसकेको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जिल्लामा उपचार हुन नसकेपछि काठमाण्डौ पठाइएको बताए । शिक्षकमा कोरोना देखिएपछि प्रजिअ ढकालकाअनुसार एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया