सुर्खेत विमानस्थल विवादः विस्तारको विकल्प खोज्नुपर्ने स्थानीयको अडान

सुर्खेत, १७ पुस ।

सुर्खेत विमानस्थल विस्तारको स्थानीयले अडान राखेका छन् । विवाद समाधानका लागि बिहीबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र नागरिक सरोकार समितिबीच भएको छलफलमा स्थानीयले विमास्थल विस्तारको विकल्प खोज्नुपर्ने अडान दोहो¥याएका हुन् । अहिले विमानस्थल विस्तार गररे एयपोर्टको दीर्घकालीन समस्या समाधानको नहुने भन्दै विस्थाको विकल्प खोज्नपर्ने अडान राखेका छन् ।

स्थानीयले विमास्थल विस्तारको विकल्प खोज्नुपर्ने अडान राखेपछि छलफलमा कुनै निष्कर्ष ननिस्कीएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जनाए । ‘स्थानीयलाई मनाउन घण्टौ छलफल भयो तर उहाँहरु (स्थानीय)ले विमानस्थल विस्तारको अडान छोड्नु भएन’ रेग्मीले भने, ‘अर्काे चरणमा छलफल गरेर विवाद मिलाउँछौँ ।’

अर्काे चरणको छलफल सहजीकरण समिति र स्थानीयबीच हुने छ । कर्णाली प्रदेश सरकारले विमानस्थल विस्तार गर्दा आउने सक्ने विवाद तथा समस्या समाधान गर्न यसअघि नै सहजीकरण समिति (सर्वदलिय र सर्वपक्षिय) गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा गठित समितिमा सुर्खेत प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरु, सम्पूर्ण राजनीतिक दल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरु सामेल छन् । हाल गृह जिल्ला कालीकोटमा रहेका मुख्यमन्त्री सुर्खेत आएलगत्तै सहजीकरण समितिले पुनः स्थानीयसँग छलफल गरिने छ ।

कर्णाली प्रदेशका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विमानस्थल विस्तारका भएमा कर्णालीको विकासमा टेवा पुग्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयले पाउने भन्दै अबरोध नगर्न आग्रह गरेका थिए । रात्रीकालीन सेवासहित ७२ सिटे जहाजले उडान भर्नसक्ने गरी सुर्खेत विमास्थल विस्तार गर्न लागिएको हो । हाल धावनमार्ग सानो भएकै कारण सुर्खेतमा ४२ सिटे जहाजले मात्रै उडान भर्दै आएको छ ।

तपाईको प्रतिक्रिया