बम भेटियो कालिकोट भात्तडीमा

तुलराज पाण्डे
कालिकोट, १५ बैशाख ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं‍‌‍‍ ९ भात्तडीमा बम फेला परेका छन् । स्थानिय दुर्ग कोईरालाका अनुसार वनमा आगलागी हुँदा जलेको आटी पुन निर्माण गर्न जग खन्दै गर्दा दुई वटा मुन्द्रा भएका बम फेला परेका हुन्। आटीको जग खन्दा बम फेला परेपछि स्थानीय त्रसित भएका छन् ।

आइतबार बेलुका बम फेला परेपछि स्थानीययले प्रहरीलाई जानकारी दिएका थिए । अहिले खल्लागाड प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले घटना स्थलको सुरक्षा गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले तिलागुफाको भात्तडीमा बम फेला परेको जानकारी पाएपछि सोमबार बिहानै जिल्लाबाट इन्सपेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जानकारी दिए । उनले भने–‘प्रहरीको टोली घटनास्थल पुगेको छैन। खल्लागाड प्रहरी चौकीको टोली त्यहाँ पुग्दा खनेको ठाउमा माटो खस्दा बमहरु नदेखिने भएका छन्। ’

कस्तो बम हो भन्नेबारे जानकारी प्राप्त नभएको र जिल्लाबाट खटिएको प्रहरीको टोली घटना स्थल पुगेपछि बिस्तृत जानकारी आउने डीएसपी ओलीयाले बताए।भात्तडीमा फेला परेका बम सशस्त्र द्वन्द्वका बेला तत्कालिन माओवादीले राखेको हुन सक्ने अनुमान प्रहरीको अनुमान छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *