डिमेगाद्धारा लघु उद्यमी सम्बन्धी तालिम

सुर्खेत, १० पुस ।

जिल्ला लघु उद्यमी समुह संघ (डिमेगा) सुर्खेतले वीरेन्द्रनगरका विभिन्न वडाका नागरिकलाई उद्यमशिलतामा सक्रिय बनाउँदै आइरहेको छ । यसै सन्दर्भमा असोज २२ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश मन्त्री नन्द सिह वुढाले वडा नं. ९ का उद्यमीहरुले निमार्ण गरेका विभिन्न सामग्रीहरुको अवलोकन गरेका थिए ।

यस्तै, असोज १७ देखि २३ वीरेन्द्रनगर ३ को सहारा लघु उद्यमी समुहमा सञ्चालित दालमोठ उत्पादन सम्बन्धी सिप विकास तालिम दिइएको थियो । उक्त तालिमको समापनमा डिमेगा सुर्खेतका कार्यसमिति र वडा सदस्य रामकुमारी थापाको उपस्थिती रहेको थियो ।

कार्तिक २ गते १५ दिने फाइवर झोला उत्पादन सम्बन्धी सिप मुलक तालिम सम्पन्न भएको थियो । यस समापन कार्यक्रमका डिमेगा सुर्खेतका कार्यसमितिका पदाधिकारीहरु र वडा नं.९ का वडा अध्यक्षको उपस्थिती रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *