कर्णालीमा कोरोनाबाट मृत्यु भएका पुरुषकाे अन्त्येष्टी

सुर्खेत, ९ असार ।

कर्णाली प्रदेश अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखका एक जना पुरुषको सोमवार राति साढे ९ बजे कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाको टोलीले वीरेन्द्नगर वडा नम्बर २ को गिरीघाटमा अन्त्येष्टी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्लागत संरचना जिल्ला कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको मंगलवार बसेको बैठकले कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव गिरीघाट नजिक कर्णाली राजमार्गको दक्षिण तर्फको स्थानमा व्यवस्थापन गर्ने निर्णय गरे पछि उनको शव व्यवस्थापन गरिएको हो ।

क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते उनीमा संक्रमण पुष्टी भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

शव व्यवस्थापनमा प्रयोग गर्नको लागि सुर्खेत उद्योग बाणिज्य संघमा रहेको शववाहन उपलब्ध गराइएको थियो । श्रीमानको दाहसंस्कारपछि श्रीमतीलाई घर पठाएर उतै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइने छ।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । सुर्खेतका २ जना, दैलेखका २ जना र डोल्पाका १ जना गरी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । नेपालभर मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

कर्णालीमा कोरोनाबाट मृत्यु भएका पुरुषकाे अन्त्येष्टी

गुर्भाकोटका किसानलाई हाते ट्याक्टर वितरण

कर्णालीमा कोरोनाबाट मृत्यु भएका पुरुषकाे अन्त्येष्टी

याेजना, प्राविधिकदेखि स्टोर हुँदै लेखा, ठेक्का पट्टामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds