साझा सहकारीको १० औं बार्षिक साधारणसभा
सुर्खेत, ४ पौष ।
साझा बचत तथा ऋण सहकारी संस्था लि. को १० औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारी विभागको महामारीमा साधारणसभा गर्ने निदेशिका बमोजिम कार्यविधि निर्माण गरी मंसिर २४ गतेदेखि पौष १ गतेसम्म सदस्यहरुको उपस्थिति गराई सदस्यहरुको सुझाव संकलन गरी सुझावमाथी छलफल गरी पौष ४ गते अन्तिम सभा गरिएको थियो ।
सहकारीका अध्यक्ष मदन बहादुर खड्काको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाका सचिव ओम जंग रोकायले आ.व. २०७६।०७७ को प्रगति तथा आ.व २०७७।०७८ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी संस्थाको कोषाध्यक्षले आ.व. २०७६/०७७ मा संस्थाको ७ करोड ५० लाख ९५ हजार को कुल प“ुजी तथा दायित्वसहित संस्थाले आ.व. मा गरेको आर्थिक गतिविधिसहित आ.व. २०७७/०७८ सम्ममा ८ करोड ८० लाख वासलात हुने प्रस्तावसहित विभिन्न शीर्षकमा बजेट विनियोजन गर्नुभएको थियो ।
सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक खगेन्द्र प्रसाद रिमालले प्रस्तुत गर्नुभएको थियो । सभाले संस्थाका शेयर सदस्यहरुको शेयरमा ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।
कोभिड–१९ का कारण प्रतिनिधि सदस्यहरुको उपस्थितिमा संस्थाको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक तुल्सी घिमिरेले गर्नुभएको थियो । सभामा आ.व २०७६/०७७ मा एक जना असल बचतकर्ता, एक जना असल ऋणी र एक जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।