नारायण क्याम्पसमा अनलाइन कक्षा सुरु
अमर सुनार
दैलेख, २ जेठ ।
कोरोना भाइरस भाइरसको सम्भावित संक्रमणबाट विद्यार्थीहरुलाई जोगाउन १५ दिनदेखि दैलेखको नारायण क्याम्पसले अनलाइन कक्षा सुरु गरेको छ । घरमै बसेर पनि कोर्षका विषयबस्तु सहजीकरण गर्न अनलाइन कक्षा सुरु गरिएको बताइएको छ । कोर्षको चाँप र उपयोगिताको अभ्यासका लागि सुरुमा शिक्षा संकाय तर्फ स्नातकोत्तर (एमएड)का विद्यार्थीलाई जुम मिटिङ्ग एप्सको सहायताले अध्यापन थालिएको नारायण क्याम्पसका प्रमुख दिपेन्द्र थापाले बताउनुभयो ।

b’Nn”, !) r}t
sf]le8!(Ú sf] ;ª\qmd0f km}lng glbgsf nflu b}n]v lhNnf ;b/d’sfdl:yt ;o zoofsf] Sjf/]G6fOg] a]8 agfOg] . lhNnf ljkb ;ldltsf] lg0f{ofg’;f/ SofDk;sf] tNnf] tnfdf %), dflyNnf] tnfdf %) j6f j]8 agfpg] tof/L ePsf] k|d’v lhNnf clwsf/L o’j/fh sF6]nn] atfpg’eof] . t:jL/ M k’?iff]Qd yfkf÷/f;;
अहिले पहिलो वर्ष एमएडमा भर्ना भएका ४० जना विद्यार्थीहरुलाई अनलाइनमा अध्यापन अनुभवमा शिक्षा, मानविकी र व्यस्थापन संकायका स्नातक तहका कक्षाहरुमा प्रयोग गर्ने रणनीति बारे आज समीक्षा र रणनीति तय गरेको उपप्राध्यापक सुरेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो ।
लकडाउन लम्विंदै गए वा कोरोनाको संक्रमण सम्भावना बढेको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका स्नातक र स्नाकोत्तर तहका तीन सय भन्दा बढी र त्रिभुवन विश्वविद्यालय अन्तरगतका करिव एक सय विद्यार्थीहरु सबैलाई अनलाइन कक्षामा सम्वद्ध गराउने र अनलाइनको विकल्पमा इबुलेटिन उपलब्ध गराउने रणनीति तय गरेको क्याम्पस प्रमुख थापाले जानकारी दिनुभयो । २०५४ मा स्थापित नारायण क्याम्पस दैलेखको पहिलो कलेज हो । सुरुमा त्रिभुवन विश्वविद्यालयको अनुमति लिई सञ्चालन भएकोमा दुई वर्ष अघिदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालित छ ।