पुलिस संगठनाँ प्रवेश गर्ने मान्छे नै चोर फटाहा भएछि….

सुर्खेताँ पुलिसाँ भर्ति हुन चाहनेले राम्रै संगित दिएछन् गाँठे । उनरले पुलिसाँ भर्ति हुन सुर्खेतको लोकसेवा आयोगाँ बजा संगितले त सामाजिक सन्जालाँ सम्चारको रुपाँ तहल्कै मच्चाछ त हँ । बिचरा बेरोजगार मान्छेले रोजगारी पाउन र कमाउने अवसर खोज्नेले त्यो अवसर छोप्न कति जान्याछन् भन्ने कुरा केहीदिन अघिमात्रै प्राविधिक संगिततर्फको पुलिसको परीक्षा दिन आ परिक्षार्थीको लोकसेवा आयोगले परीक्षा लिँदै गर्दा परिक्षार्थीको नालिवेली खोज्दा पो था भो ।

संगित तर्फको प्राविधिक पदाँ परीक्षा दिन खोज्ने र तिनलाई परिक्षाँ पास गराउन खोज्ने नि सानोतिनो दमभा मान्छे त होईनन् । एक त पुलिसको जागिर, अँझ भएन भनेर संगिततर्फको ! कर्मचारी भर्नाँ नामै कमाउने र बेथिति बसाल्या सम्चारको हिरो भैरवी गाउँपालिकादेखि सुर्खेतको पञ्चपुरी नगरपालिकासम्मका गोडा दस ग्यारेक नक्कली परिक्षार्थीको हर्कत उदाङ्गिएछि सबैतिर चर्चा ऐले तिनरकै छ ।

परीक्षा दिन जाने ति परीक्षार्थिले के साँच्चै संगित सिक्या हुँदा हुन त ! कि जागिर ख्वाउनेले आँट गरेर संगितको परीक्षा पास गराउने ग्यारेण्टि गर्या होला त हँ ? के भा होला यो देश अनि ह्याँको थिति अनि ह्याँका मान्छे ? चोर पक्राउ गर्ने पुलिस संगठनाँ प्रवेश गर्ने मान्छे नै यस्ता चोर फटाहा भएछि त्यो राज्याँ अमन चयन र सुसासन कैले आउने होला ? अनि जनताले पुलिसाट सुरक्षा पाउँछम् र पुलिसले सुरक्षा दिन्छन् र ।

वेदर्षि

पुलिस संगठनाँ प्रवेश गर्ने मान्छे नै चोर फटाहा भएछि….

सम्पादकीयः काँग्रेसको सन्देश

पुलिस संगठनाँ प्रवेश गर्ने मान्छे नै चोर फटाहा भएछि….

सुदूरपश्चिमकी दुलही टिकटकमा भाइरल, को हुन् त

Leave a comment

Your email address will not be published. Required fields are marked *