पुस १० गतेदेखि फिल्म हल खोल्ने व्यवसायीको घोषणा
काठमाडौं, २९ मंसिर ।
नेपाल चलचित्र संघले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका छन् ।
आफ्नो मागलाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै हल सञ्चालकहरुले सबै क्षेत्र सञ्चालनमा आइसकेको अवस्थामा पनि चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्त नहुनु विडम्बना भएको बताएका छन् ।
नौ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको जनाउँदै चलचित्र संघले यसलाई आन्दोलनको सुरुवाती चरणको रुपमा बुझिदिन आग्रह गरेको छ ।