सुर्खेतको एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण

सुर्खेत, २८ मंसिर ।

सुर्खेतमा एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।


पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माध्यमिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको हो । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो ।

सुर्खेतको एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण

२४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण,

सुर्खेतको एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण

जयतपानीमा खानेपानीको सास्ती टर्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *