सुर्खेत, १६ पुस ।
वीरेन्द्रनगरका दश जना युवालाई भूकम्पप्रतिरोधि संरचना (भवन) निर्माणको तालिम दिइएको छ । यूएसएआइडी र तयार नेपालको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालिन आर्थिक पुर्नलाभ कार्यक्रम अन्तरगत विदेशबाट फर्किएका युवालाई भूकम्पप्रतिरोध संरचना निर्माणको तालिम दिइएको हो ।
सात दिनसम्म सञ्चालन हुने तालिमको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले सहजरिकरण गरेका छन् । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार गराउने उद्देश्यले तालिम दिइएको सुन्दर नेपाल संस्थाका प्रतिनिधि इन्द्रजित सुनारले जानकारी दिए ।
युग संवाददाता । । १६ पुष २०७७, बिहीबार १०:४५