त्यसै ओलीबाले विद्यालाई राष्टपति बना हैनन् के !

लौ ! लौ ! फेरि ओलीबाले आफ्ना मुख्यमन्त्रीहरुप्रति प्रचण्डले गिध्दे नजर लाउने वित्तिकै प्रदेश सरकारनी भंग गर्दिनेरेन्त ! प्रधानमन्त्रीसित त्यस्तो अधिकारै छैन काँट गर्छन् भन्नु होला । काँट गर्छन् भन्ने कुरा संविधानको धारा २३२ (३) हेर्नुस काँट गर्छन् । तिँ था हुन्छ । त्यसै ओलीबाले विद्यालाई राष्टपति बना हैनन् के ! अाँफू प्रधानमन्त्री भएछि आफ्नै मुटु भित्रकी मान्छे विद्यालाई राष्टपति बनाएर सरकार कसरी चलाइन्छ र विरोधीलाई कसरी तह लाइन्छ भन्ने मास्टर माइण्डको तयारीसहित प्रधानमन्त्रीभा ओलीबालाई चानचुने ठानेर जिस्क्याउँदा यो हालत भैसक्यो भन्ने कुरा राम्ररी बुझम न हो ।

माधव र प्रचण्डलाई खाली हात रिङाउने ओलीबाले झलनाथलाईसमेत ७० करोड गणित (रुपियाँ) त्यो पनि सर्प पाल्नदेर आफनो मुठ्ठीयाँ कसरी नचाउन खोज्या होलान ? त्यो रहस्य एैलेसम्म पर्दाफास त भा छैन । तर ओलीबाले कुनैदिन झलनाथलाई यसरी ठेगान लाउने छन् कि त्यसपछि झलनाथ घराट बाहिरै निस्कन लायक रहने छैनन् । त्यसैले प्रचण्ड कमरेड तपाइँलाई हिजो सत्ताँ हुँदानी ओलीबाले जसरी घुमाए, तपाइँका ठेक्दारलाइ ठेक्कादेर काम नगरेनी करोडौँ गणित तपाइँका ठेक्दारले पचाए र अब कल्ले के गर्ने भनेर बस्याछन् नि । हो तिनरुसहित तपाइँलाई नि भित्तैमा पुर्याएर मात्रै ओलीबाले विश्राम लेलान् । त्योभन्दा अगाडि मुस्किल छ । देख्नु हुन्न प्रदेश सरकारको फिउज उडाउने अधिकार आँफूसित नभएनी राष्टपतियाट प्रयोग गराएर विरोधी जतिको पत्तासाफ गर्ने खेल खेल्न शुरु गर्न ला ।

तपाइँहरले ५२ मा युद्ध शुरु गर्दा प्रतिक्रियावादी एमाले र काँगे्रसले बना सवै चिज ध्वस्त गर भनेर कार्यकर्ता खटाउनु हुन्थ्यो । अनि तपाइँका लडाकुहरले स्कुलदेखि मन्दिरसम्म कसरी ध्वस्त गराए । अब त्यस्तैगरी तपाइँको राजनीतिक संरचना ध्वस्त गरेर मात्रै रेस्ट गर्ने तयारीयाँ लाग्या ओलीलाई धेरै नजिस्क्याउनुस् है । मैले त बडो खतरा पो देख्या छु । मर्ता क्या, नही कर्ता भन्याझैँ गलत तरिकाले संसद भंग गर्यो भनेर त्यसै त ओलीबालाई थर्काथर्काइ छन् । अनि यस्तो बेलाँ सौता बन्या माधव प्रचण्डलाई उनले थोडी छोड्छन् । त्यसैले कमरेडहरु अब गरि खान अप्ठेरो पर्ला जस्तो छ । हुन त रामचन्द्रसित मिलेर सरकार बनाउँछु भनेर कार्यकर्तालाई सान्त्वना त दिनु भा छ । तर लाउने खाने आशमा बस्या कार्यकर्तालाई कैले आफ्नो नेता प्रधानमन्त्री होला र दाइँ हालम्ला भन्नी भा होला । केपी बाले हुन खान दिने हुन कि हैनन !
वेदर्षि

तपाईको प्रतिक्रिया