अल्फा यातायातद्धारा अटोरिक्सा चालकलाई टायर वितरण

सुर्खेत, १३ पुस ।

अल्फा यातायात प्रालि सुर्खेतले अटोरिक्सा धनी तथा चालकलाई अटोरिक्साको टायर वितरण गरेको छ । यातायातमा आवद्ध १६ अटोरिक्सा धनी तथा चालकहरुलाई एक÷एक ओटा अटोरिक्साको टायर वितरण गरेको हो ।

अटोरिक्सा टायर पाउनेमा चार जना महिला चालक र अन्य पुरुष रहेका छन् । यातायात प्रालि सञ्चालनको एक वर्ष पुगेको अवसरमा प्रालिमा आवद्ध इमान्दार, दुर्घटना न्युनिकरणमा ध्यान दिने र निरन्तर प्रालिमा ट्रिप शुल्क काट्ने तथा अटोरिक्साको कागजात सही ढंगले राख्ने अटोरिक्सा धनी तथा चालकहरुलाई अटोरिक्साको टायर वितरण गरिएको सञ्चालक दिपक कुमार सारुले जानकारी दिए ।

सञ्चालक सारुले अर्को बर्ष सबै प्रालिमा आवद्ध चालक तथा धनीहरुले पनि पुरुस्कृत हुन सक्नुपर्नेमा जोड दिए । साथै प्रालिका सचिव ओम प्रकाश पौडेलले सबैजना आवद्ध चालक तथा धनीहरुले आफनो अटोको कागजात सहि ढंगमा राख्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया