एजेन्सी ।
बलिउड अभिनेता सलमान खान आज आफ्नो ५५ औं जन्मदिन मनाइरहेका छन् । उनलाई उनका प्रशंसकहरुले सामाजिक सन्जालमा खुलेर जन्मदिनको शुभकामना दिइरहेका छन् । सलमानको नाम मात्र होइन, बलिउडमा उनका प्रेमिकाहरुको पनि चर्चा सधैं भइरहेको हुन्छ ।
हुन पनि सलमानले बलिउडकै पाँच हिरोइनलाई डेट गरेका छन् । यसमा सबैभन्दा पहिले नाम आउँछ, ऐश्वर्या रायको । फिल्म हम दिल दे चुकेक सनमको सुटिङबाट सलमान र ऐश्वर्या राय कपुर एकअकार्कको नजिक भएको बताइन्छ । उनीहरु सन् २०१२ सम्म रिलेसनसिपमा थिए । सलमानले उनलाई विवाह गरौँ भनेको तर उनले करिअरको सुरुवातमा विवाह गर्न नमानेकाले यी दुईको विवाह भएको थिएन ।
ऐश्वर्यापछि सलमान खान क्याटरिना कैफसँग पनि रिलेसनमा रहेका थिए । मैले प्यार क्योँ किया भन्ने फिल्मबाट क्याटरिनालाई पनि बलिउडमा ल्याएका सलमान खानको क्याटरिनासँगको सम्बन्ध लामो रहेन । तर, यी दुईले ब्रेकअप पछि पनि सँगै फिल्ममा काम चाहिँ गरेका छन् ।
सलमानसँग डेटमा रहेकी अर्की अभिनेत्री हुन्, संगिता बिजलानी । संगितासँग पनि सलमानले विवाह गर्न खाजेका थिए । कतिसम्म भनिएको हुन्छ भने यसका लागि उनीहरुले विवाहको कार्ड पनि छापिसकेका थिए । तर, क्याटरिनासँग सलमानको सम्बन्ध बढ्न थालेपछि उनीहरुको सम्बन्ध लामो समय चलेन ।
सोमी अलीले पनि सलमान खानसँग डेट गरेको चर्चा अहिले पनि बलिउडमा भइरहेको हुन्छ । तर, उनीहरुको पनि सम्बन्ध लामो समय रहन सकेन ।
अहिले सलमान खान रोमानियाकी मोडल युलिया वन्तुरसँग सम्बन्धमा रहेको बातइन्छ । युलिया र सलमान कोरोनाभाइरसका कारण भएको लकडाउनमा पनि सँगै सलमानको फार्म हाउसमा रहेका समाचार बाहिर आइरहेका थिए ।
युग संवाददाता । । १२ पुष २०७७, आईतवार १३:२३