सुर्खेत, ११ पुस ।
सुर्खेतकी चेली दिपासा विसीले सर्वोत्कृत लोकदोहोरी मोडल अवार्ड जितेकी छन् । काठमाडौंमा भएको नेशनल पावर न्यूजको तेस्रो अवार्ड प्रतियोगितामा मोडल विसीले सवोत्कृष्ट लोकदोहोरी अवार्ड जितेकी हुन् ।
कोरोनाको कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ संस्करण पुसमा गरिएको हो ।
गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । नेपाली भाषाका अलवा नेपालमा वोलिने विभिन्न भाषा भाषिलाई समावेश गरेर आयोजना हुँदै आएको नेशनल पावर न्युज म्युजिक अवार्डको यो तेस्रो संस्करण हो ।
कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिएको थियो । निर्णाकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरेर र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको हो ।
युग संवाददाता । । ११ पुष २०७७, शनिबार १९:५९