सुर्खेत महिला जेसीजको अध्यक्षमा गुरुङ निर्वाचित

सुर्खेत, ११ पुस ।

सुर्खेत महिला जेसीजको अध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएकी छन । वीरेन्द्रनगरमा सम्पन्न भएको सुर्खेत महिला जेसीजको साधारण सभाले अध्यक्षमा गुरुङलाई निर्विरोध चयन गरेको हो ।

जेसीजको कार्यकारीणी उपाध्यक्षमा मीना गुरुङ, रञ्जना बुढा, उपाध्यक्षमा कमला बस्याल, मनु सुनार, सोना थापा र राधा श्रेष्ठ निर्वाचित भएका छन् । महासचिव, कोषाध्यक्ष र सदस्य पद भने केही दिनमा मनोनित गरिने अध्यक्ष गुरुङले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया