छक्का पञ्जा ३ यूट्युबमा

काठमाडौँ, ९ पुस ।

चलचित्र ‘छक्का पञ्जा ३’ युट्यूबमा सार्वजनिक भएको छ। हाइलाइट्स नेपालको आधिकारिक युट्युब च्यानलबाट यो चलचित्र सार्वजनिक भएको हो।

यो चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, जितु नेपाल, केदार घिमिरे आदिको समूहले निर्माण गरको हो। यो चलचित्रले प्रदर्शनको समयमा धेरै चर्चा बटुलेको थियो। चलचित्र ३ वर्ष अगाडि निर्माण भएको थियो। निर्माताले चलचित्रले सिनेमा घरमा चलचित्र प्रदर्शन भएको बेलामा १६ करोड बराबरको ‘ग्रस कलेक्शन’ गरेको अनुमान गरिएको थियो।

केही समय अगाडि निर्माता दीपक राज गिरीले यो चलचित्रलाई पुन हलमा प्रदर्शन गर्ने बताएका थिए । तर अन्तिम समयमा चलचित्र प्रदर्शन भएन। कोरोना भाइरस महामारीपछि लामो समयपछि बन्द भएका हल पुन खोल्न लागेको समयमा चलचित्र युट्युबमा प्रदर्शन भएको हो।

तपाईको प्रतिक्रिया