ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना पक्राउ

सुर्खेत, ८ पुस ।

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाई नियम उल्लघंन गर्ने ६ जना पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर १३ भेरी पुलस्थित विभिन्न सडक खण्डमा मंगलवार सवारी चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने सवारी चालक र सह चालक गरी ६ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको कमाण्डमा खटिएको टोलीले आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ना ४ ख २८२४ नम्बर ट्रकका चालक कैलालीका २८ वर्षीय विवेक सिंह, ना ५ ख ९६२४ नम्बर ट्रक चालक अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना ७ ख ७०२४ नम्बरको ट्रक चालक चितवनका ४७ वर्षीय कृष्ण बहादुर नेपाली, बा ३ ख ६२१२ नम्बरको बसका सहचालक बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा, भे १ ज ६५५ नम्बरको विङगरका सहचालक बाँकेका २१ वर्षीय प्रमोद विक र भे १ ख ३२०८ नम्बर ट्रकका चालक सुर्खेतका २४ वर्षीय कमल रजा रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया