सबै टोलमा विजुली पुरयाएँ

भौगोलिक हिसावले हर्दा वीरेन्द्रनगरको वडा नम्बर १३ अलि विकट वडा हो । भौगोलिक रुपमा दुई खण्डमा विभाजन भएको यो वडामा जनप्रतिनिधि आएको साढे तीन वर्षको अवधीमा के कति विकास निमार्णका कामहरु भए त ? जनताले गरेको अपेक्षाअनुरुप काम हुन सके वा सकेनन् ? शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासका काम के कति भए त ? यीनै विषय वस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले वडाध्यक्ष भुपेन्द्रबहादुर दर्लामीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

हिजोआज के गर्दै हुनुहुन्छ ?

वडाबाट जनतालाई दिने सेवा नियमित रुपमा दिँदै आइरहेका छांै । वडाले गरेका विभिन्न कामहरुको अनुगमन गर्ने यस्तै काममा व्यस्त छु ।

निवार्चित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

हाम्रो वडाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र विद्युत विस्तारका लागि काम गरेका छौं । हाम्रो वडामा सात वटा विद्यालय रहेका छन् । दुई मावि र पाँच वटा प्रावि रहेका छन् । यी विद्यालयहरु भौतिक पूर्वाधारका हिसावले पछाडी नै थिए । दुई वटा विद्यालयका भवन बनायौं । गत वर्षदेखि हाम्रो वडाका विद्यालयमा तीनवर्षे पशुविज्ञान पढाइ सुरु गरेका छौं । विद्युतीय माध्यमबाट प्राविका कक्षा सञ्चालन गर्ने काम ग¥यांै ।

स्वास्थ्य क्षेत्रमा हामीले वडामा बर्थिङ सेन्टर सञ्चालन गरेका छांै । यो वडा भौगोलिक रुपमा अलि नमिलेको वडा हो । दुई खण्डमा हाम्रो वडा विभाजित रहेको छ । यो भौगोलिक रुपमा विकट भएकाले तल्लो क्षेत्रमा स्वास्थ्य चौकीको भवन रहेको छ । माथिल्लो क्षेत्रमा स्वास्थ्य चौकीको भवन छैन । माथिल्लो क्षेत्रका जनतालाई स्वास्थ्य सेवा लिन आउन समस्या हुने भएकाले हामीले गरगरेमा शहरी स्वास्थ्य चौकीको भवन निमार्णको कार्य सुरु गरेका छौं । हामीले जेष्ठ नागरिकहरुलाई टोल टोलमै गएर स्वास्थ्य चेक गर्ने गरेका छौं । गतवर्ष पनि गरेका हौं भने यो वर्ष पनि गर्दैछांै ।

पूर्वाधार विकासमा हामीले धेरै काम गरेका छांै । हाम्रो वडामा २८ वटा टोल रहेका छन् । २६ वटा टोलमा सडक सञ्जाल खोली सकेका छांै भने दुई टोलमा पनि सडक पु¥याउने तयारीमा छौं । मुख्य सडक वीरेन्द्रनगर सदरमुकामबाट आउने सडक हो । पृतना गेटदेखि वडा कार्यालयसम्म कालोपत्रे गर्ने काम गतवर्ष नै गर्ने भनिएको थियो । कोरोना भाइरसका कारण रोकिएको थियो । यो वर्ष सडक कालोपत्रे गर्ने काम भइरहेको छ । तल्लो सहकारीदेखि न्यूउपोखरी जाने सडक गतवर्ष नाला निमार्ण गरेका छौं । बाँकी ठाउँमा यो वर्ष सडक ग्राभिल गर्ने काम भइरहेको छ । हाम्रो १३ नम्बर वडा कार्यालय रहेको करेखोलामा नाला निमार्ण गरेका छौं । यो वर्ष उक्त काम सम्पन्न हुन्छ ।

त्यस्तै हामीले यस वर्ष चार वटा सिँचाइका योजनाहरु सम्पन्न गरिसकेका छांै । गत वर्ष पनि सिँचाइका आयोजना गरेका थियौं । डालडाँडाका पाँच वटा टोललाई पुग्ने गरी ८२ लाखको खानेपानी आयोजना केही समयपछि सुरु गर्दैछौं । कृषि सम्बन्धी पनि काम गरेका छौं । किसानलाई उन्नत जातको बाख्रा उत्पादनका लागि बोयर जातको बोका वितरण गरेको छौं । मौसम अनुसारको वीऊविजन वितरण, कृषि साम्रगी पनि वितरण गरेका छौं । बेसार खेतीमा जोड दिएका छौं । योवर्ष हामीले दश क्वीटल बेसार उत्पादन गर्ने लक्ष्य पनि लिएका छौं ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

चुनौतीहरु थुप्रै छन् । जनताले हामीसँग धेरै अपेक्षा गरेका हुन्छन् । ती अपेक्षाहरु पुरा कति गरिएला कति गर्न नसकिएला । त्यस समयमा गुनासो पनि आउँछन् । सडक निमार्ण गर्दा सडक छेउछाउमा थुपै्र व्यक्तिगत जग्गा पर्ने भएकाले विवाद आउँछन् । त्यसले गर्दा चुनौती थपिएको छ । सबै ठाउँकै समस्या पनि हो यो । पूर्वाधार विकासका काम गर्दा यस्ता बाधा त सबै ठाउँमा आउँछन् ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

हाम्रो वडाको मुख्य समस्या भनेको सडक व्यवस्थित हुन नसक्नु हो । भौगोलिक हिसावले विकट रहेको हाम्रो वडामा खडेरीको समयमा गाडी चल्ने र वर्षातको समयमा भत्केर सडक अवरुद्ध हुने समस्या छ । अर्काे समस्या भनेको हाम्रो वडामा बालविवाहको समस्या पनि ठुलै रहेको छ । आमनागरिकमा जनचेतनाको कमीले गर्दा बालविवाह रोक्नलाई समस्या भइरहेको छ । २० वर्ष पारी विवाहबारी भन्ने सरकारको नारा नारामै सिमित रहेको छ । गाउँघरमा धमाधम बालविवाह भइरहेका छन् । हामीले वडाबाट सानै उमेरमा विवाह गर्ने जोडीलाई सम्झाइ बुझाइ गरेर अभिभावकको जिम्मा लगाए पनि फेरी भाग्ने प्रवृति बढेको छ ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

वर्षातको समयमा ठाउँ ठाउँमा सडक पहिरोले अवरुद्ध गर्ने भएकाले समस्या झेल्नु पर्छ । हामीसँग भ्याकुल जोडेर छ । वर्षातको समयमा पहिरो गएको स्थानमा उक्त डोजरले पहिरो तत्कालै पन्छाउने काम गर्दै आएका छांै । त्यसलाई दिर्घकालिन बनाउनका लागि विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरी योजना माग गरेर जाली लगाउने काम पनि गर्दै आइरहेका छौं । बालविवाह रोगथामको लागि हामीले सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छौं । बालबालिका, अभिभावक सबैलाई एकैठाउँमा राखेर गोष्ठी गर्ने गरेका छौं ।

अहिलेसम्म गरेका राम्रा पाँचवटा काम बताईदिनुस् न ?

मैले साढे तीन वर्षको यो अवधीमा गरेको काम भनेको शिक्षा, स्वास्थ्य, पूर्वाधारका विकास, कृषि, सिचाइँ र खानेपानी हो । हाम्रो वडाका माथिल्लो भेगका जनता अन्धकारमा थिए । उनीहरुलाई सबै घरधुरीमा विद्युत पु¥याएका छांै । वडामा दुई वटा विद्यालयका भवन बनायौं । गत वर्षदेखि हाम्रो वडाका विद्यालयमा तीवर्षे पशुविज्ञान पढाइ सुरु गरेका छांै । स्वास्थ्य क्षेत्रमा हामीले वडामा बर्थिङ सेन्टर सञ्चालन गरेका छौं । हामीले गरगरेमा शहरी स्वास्थ्य चौकीको भवन निमार्णको कार्य सुरु गरेका छौं । हामीले जेष्ठ नागरिकहरुलाई टोल टोलमै गएर स्वास्थ्य चेक गर्ने गरेका छौं ।

पूर्वाधार विकासमा हामीले धेरै काम गरेका छांै । हाम्रो वडामा २८ वटा टोल रहेका छन् । २६ वटा टोलमा सडक सञ्जाल खोली सकेका छौं भने दुई टोलमा पनि सडक पु¥याउने तयारीमा छौं । पृतना गेटदेखि वडा कार्यालयसम्म कालोपत्रे गर्ने काम गतवर्ष नै गर्ने भनिएको थियो । कोरोना भाइरसका कारण रोकिएको थियो यो वर्ष सडक कालोपत्रे गर्ने काम भइरहेको छ । डालडाँडाका पाँच वटा टोललाई पुग्ने गरी ८२ लाखको खानेपानी आयोजना केही समयपछि सुरु गर्दैछौं । मौसम अनुसारको वीउविजन वितरण, कृषि साम्रगी पनि वितरण गरेका छौं । बेसार खेतीमा जोड दिएका छौं ।

मत माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता कति पुरा भए त ?

मैले जनतासँग भोट माग्न जाँदा गरेको ५० प्रतिशत प्रतिवद्धता पुरा गरिसकेको छु । मेरो वडाबासी मेरो कामबाट सन्तुष्ट हुनुहुन्छ । अहिलेसम्म विपक्षका व्यक्तिले पनि मलाइ नराम्रो भन्नु भएको छैन । सबैको साथ र सहयोग पाएको छु । केही बाँकी काम गर्न छ । त्यो काम पनि बाँकी कार्यकालमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।

अबका योजनाहरु के के छन् नी ?

मेरो पहिलो योजना भनेको हाम्रो वडाका सडक अवस्थित छन् । नाला निमार्ण त भएका छन् । तर कालोपत्रे भएको छ्रैन । पहिलो प्राथमिकता मुख्य सडक वीरेन्द्रनगर सदरमुकामसम्म कालोपत्रे गर्ने रहेको छ । खानेपानी अवस्थित छ । यी अवस्थित खानेपानीलाई व्यवस्थित गराउने हो । गाउँमा सबै ठाउँमा कुलो निमार्ण गर्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया