सुर्खेत ।
भेरीगंगा नगरपालिका विद्यालय र स्वास्थ्य चौकीहरुमा हात धुने स्टेशन र अस्थायी शौचायल वितरण गरिएको छ । खानेपानी सरसफाइ, स्वच्छता (वास) दिगो विकास लक्ष्य परियोजनाले पाँच÷पाँच थान धात धुने स्टेशन र अस्थायी शौचायल वितरण गरेको हो ।
जसमध्ये प्रभात प्राथमिक विद्यालय, ठूलो जात्री, सामुदायिक आधारभुत स्वास्थ्य चौकी, जहरे सूर्यज्योति आधारभुत विद्यालय हर्रे, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय र सामुदयिक माद्यामिक विद्यालय मोहतीमा धात धुने स्टेशन उपलब्ध गराइएको छ ।
त्यसैगरी सूर्य ज्योती आधारभुत विद्यालय हर्रे, जनआस्था प्राथमिक विद्यालय, बालकल्याण प्राथमिक विद्यालय र पाँडुले बाढी प्रभावित समुदायलाइ आपतकालिन अस्थाई शौचालयहरु हस्तान्तरण गरिएको हो ।
यसअघि परियोजनाले ति सामग्रीहरु क्वारेन्टाइन र आइसोलेसनलाई दिएको थियो । आइसोलेसन र क्वारेन्टाइनहरु बन्द भएपछि विद्यालय र स्वास्थ्य चौकीलाई हातधुने मेसिन र अस्थायी शौचालय व्यवस्थापन गरिएको नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन ।
युग संवाददाता । । ७ पुष २०७७, मंगलवार ११:५९