प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ, ६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहन्न देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले अपराहन्न ३ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेको जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभा विघटनको लागि गरेको सिफारिश राष्ट्रपतिले अनुमोदन गरेपछि राजनीतिक रुपमा देशमा हलचल मच्चिएको छ । सत्तारुढ दल नेकपाकै अर्को खेमाले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै उनलाई कारवाही गरेको छ भने प्रधानमन्त्री ओलीले आफु पार्टीको अध्यक्ष भएकाले आफुलाई कसैले कारवाही गर्न नसक्ने बताउदै आएका छन् । यस प्रसंगमा प्रधानमन्त्री ओलीले गर्न लागेको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया