सानीभेरी जनप्रवाह सहकारीको १२ औं साधारणसभा

प्रचण्ड खत्री
पश्चिम रुकुम, ४ पौष ।
सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाले भुपाल सिं ओलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । सानीभेरी गाउँपालिका ७ छोटेबगर सहिद स्मृति भवनमा भएको साधारणसभाले भुपालसिं ओली पृथ्वीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा बिरसिंङ बिक, सचिबमा टेकबहादुर पुन बिशाल, कोषाध्यक्षमा नौमति डाँगी ओली चयन हुनुभएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा गोबिन्द ओली चयन हुनुभएको छ । साधारणसभामा हालसम्मको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, बार्षिक बजेट तथा कार्यक्रम पेस गरिएको थियो । सेयर पुँजीण्तर्फ १९ लाख २८ हजार ८००, बचत निक्षेपतर्फ २६ लाख ८६ हजार ८ सय ४३ , सम्पति हिसाबमा १ करोड ५२ लाख ७२ हजार ८३४, जगेडा कोष तर्फ १ करोड २३ लाख ८९ हजार ८५, ऋण लगानीतर्फ ४० लाख ५० हजार ८८२ रुपैयाँ रहेकोे प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सभामा गाउँपालिका अध्यक्ष नरबहादुर पुनको प्रमुख आथित्यता रहेको थियो । नेकपा कर्णाली प्रदेश कमिटी सदस्य विर्खबहादुर विष्ट, भुपाल सिं ओली, नेकपा सानीभेरी गाउँ कमिटी अध्यक्ष टेकबहादुर पुनःसानिभेरी गाउँपालिका उपाध्यक्ष ईन्दिरा ओली लगायतको आथित्यता रहेको थियो । सहकारीका निवर्तमान अध्यक्ष जगदिश नकालको अध्यक्षतामा रहेको साधारणसभाको सञ्चालन टेक बहादुर पुनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया