मन्त्री ज्वालाकाे जन्मगाउँमा विद्यालयकाे भवन उद्घाटन

दुर्गा विसी
सल्यान, ४ पौष ।
सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिका-१ खहरेखाेलामा रहेको कृष्ण प्रावि विद्यालयकाे नव निर्मित दुई काेठे भवनकाे मन्त्री ज्वालाद्वारा उद्घाटन गरिएकाे छ । मन्त्री ज्वालाकाे जन्मगाउँमा रहेको प्राथमिक विद्यालयमा अध्यायन गर्ने वालवालिका प्रयाप्त कक्षा काेठा नहुदा एउटै कक्षामा २ वटा कलाससम्म सञ्चालन गर्ने गरिएको थियोे ।

कर्णाली प्रदेश सरकारकाे अा‍व ०७६/०७७ मा विनियोजन २० लाख रकम उक्त भवन वनेकाे हाे । टेण्डर मार्फत भवन निर्माणकार्य हुदा केही ढिलाइ भएको थियोे । गाउँका वालवालिका पढ्ने विद्यालयमा कक्षा काेठा अभाव भए पछि त्यसको पहलमा मन्त्री ज्वालाकाे अग्रसरतामा उक्त भवन वन्ने कामले प्राथमिकता पाएको हाे ।

मन्त्री ज्वालाले जन्मभुमि प्रतिको अाधार,माया,मातृभुमिलाई कदापि भुल्न नसकिने धारण राख्नु भएको थियोे । गाडि चढेरै मातृभुमि पुगेका मन्त्री ज्वालाले विधालय तला थप,विजुलि र सडक स्तरवृद्दि समेत अाफ्नाे प्राथमिकता रहेको औंल्याउनु भयाे । मन्त्री ज्वालाकै पहलमा गत वर्ष माल्पे,खहरेखाेला,वेलखाेला र च्युरा वारिपारि गाउँ पुग्ने रिङ्गराेडले पुर्णता पाउने भएको छ ।वाल्यकालमा अध्यायन गर्दा निकै दुख पाएको स्मरण गर्दै, अाफ्नाे पहिलो प्राथमिकता शिक्षा दोस्रोमा सडक भएको भनाइ ।

सबै समाजका विकृति अन्त्य गर्ने गाउँवासिमा ज्वालाकाे जाेड रहेको थियोे । भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख गाेविन्द कुमार पुनले भवनको प्रयाप्ततासँगै गुणस्तरीय शिक्षामा जाेडदिन विशेष आग्रह रहेको छ । वाचा अनुसारका कामहरु अघि वढेकाे छन । मन्त्री ज्वालाले जन्म गाउँमा पुगेर भवन उद्घाटन गर्दै वालवालिकाे पढाइमा गुणस्तरता दिन पहिले वसाइमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियोे ।काेभिडका कारण अलपत्र भवनहरु वल्ल पुर्णता पाएको पुनकाे भनाइ रहेको थियोे ।

भवन निर्माण गर्दा पुराना भवन भत्काउने नयाँ वनाउने र भौतिक पुर्वाधार तयार पार्दा विशेष ख्याल राख्न अनुराेध छ । पुरानालाई पनि प्रयोगमा ल्यान सके राज्यको भार कम पर्ने भनाइ ।वडा अध्यक्ष शान्त कुमार यरिले मन्त्री ज्वालासँग सडक स्तर वृद्धि र विजुलि वत्ति जतिसक्दो चाडै पुर्याउने तर्फ पहल गरिदिन आग्रह गरिएको छ ।

नेकपा नगर कमेटि अध्यक्ष कीर्तिवहादुर राना,नेकपा कर्णाली प्रदेश परिषद सल्लाहकार समिति सदस्य गणेश विसि,वडा सदस्य माेहन विसि,इन्जिनियर महेश देवकाेटा लगाएतले मन्तव्य राख्नु भएको थियोे । भवन उद्घाटन कार्यक्रमकाे सभा अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रवहादुर साहु स्वागत मन्तव्य नेकपा नगर कमेटि सदस्य तथा स्थानीय डम्बर साहु र सञ्चालन प्रधानाध्यापक हिरालाल साहुले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया