ओरेक नेपालद्धारा विभिन्न कार्यक्रमको अनुगमन

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ३ पुस ।

ओरेक नेपाल रुकुम पश्चिमद्धारा सञचलित विभिन्न कार्यक्रमको अनुगमन गरिएको छ । ओरेक नेपालको साबिकको पिपल गाविस र खारा गाविसमा द्वण्द्वपीडित र सहिद परिवारका निम्ति विभिन्न कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक दुर्गा बजगाईले बताईन ।

अति बिपन्न परिबार , दलित , अपांग र जनजातिका निम्ति बिभिन्न कार्यक्रम गर्दै आएको बताईन । बिशेष गरी १० बर्षे जनयुद्धबाट प्रभावित महिना र सहिद परिवारका निम्ति काम आएको बताईन । खारा र पिपल गाबिस रुकुम पशिमकै बढि जनयुद्द बाट प्रभावित ठाउ मानिन्छ ।

२ गत्ते बाफिकोट गाउपालिकाको १ र २ मा संचालित बिभिन्न ब्यबसायको अनुगमन गरिएको छ । बिशेष गरी त्यस वडामा कुखुरा पालन, तरकारी खेती र सिलाईकटाई कार्यक्रम संचालित छन । बिशेष गरी त्यस वडामा श्रीमान बाट पिछडिएका महिला, दलित महिला, आयआर्जनका निम्ति माथि उड्न सक्ने महिलालाई प्राथामितामा राखेर काम गरिरकेको कार्यक्रम संयोजक बजगाईले बताईन र समान बजेटले उनीहरुलाई आयआर्जनमा बृदि गर्ने हेतुले छनोट गरेको ओरेकले बताएको छ ।

बाफिकोट १ पालाकोट निवासी अस्मिता पुन मगर बिकले पहिलो पटक कुखुरा पानल सुरु गर्नु भएको छ र उहालाई ओरेकको साथ मिलेर ब्यबसाय गर्नु भएको छ र अहिले सम्म अस्मिताको ब्यबसाय फस्टाउदै गएको स्थानीयले बताएका छन । उनलाई ओरेकको २० हजार सहयोग भएको थियो । अहिले सम्म २ महिनाको अबधिमा ९ हजार आम्दानि भएको अस्मिताले बताईन । आफु जस्तै श्रीमानबाट पिछडीएको महिलाई सहयोग गर्न अस्मिताले अपिल गरिन ।

त्यस्तै वडा नम्बर १ कै सारदा दमाईलाई ओरेकको साथ अनुसार स्न्टरलक मेसिन सहयोग भएको थियो र उनलाई २० हजार नगत सहयोग गरि मेसिन संचालनमा ल्याएकि थिईन । उनका श्रीमान दैनिकी ज्यालादारी गर्छन भने उनका २ नाबालक सुस्त मनास्तिथिका छन । बच्चाको हेरदेख गर्दै उनले दैनिकी ५ सय कमाउने गरेको बताईन ।

त्यस्तै त्यस गाउकी पुस्मा मल्ललाई ओरेकले बिभिन्न जातका बिउहरु उपलब्ध गराएको थियो र उनलाई बन्दा , काउली , धनिया प्याजका बेर्ना उपलब्ध गराएको थियो । बिउ मात्रै पाएपनि उनको परिश्रम खेर गएको छैन । उनले ८०० छेत्रफलमा तरकारी खेति गरेकी छन । उनले गरेको तरकारी खेति देख्दा स्थानीय दंग भएका छन । मान्छेले केहि आधार भयो भने केहि गर्छन भन्ने उखान पालाकोट बासिमा लागेको छ ।

अनुगमन टोलीमा बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर के सी, ओरेक नेपालकी जिल्ला कार्यक्रम संयोजक दुर्गा बजगाई, पशु सेवा केन्द्रका प्रास एजुकेशन पुन मगर, कृषि सेवा केन्द्रका नाप्रास प्रेम घर्ति मगर, ओरेक नेपालकी सामाजिक परिचालक ईन्द्रिरा आचार्य र पत्रकार प्रचण्ड खत्रीको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया