काठमाडौं, ३ पुस ।
सभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘हेर्न नभ्याइने’को सूचीमा राखेको छ। मुद्दाको आज पेशी तोकिएको थियो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित पाँच वरिष्ठ न्यायाधीश रहन्छन्। यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढे पनि मुद्दा इजलासले हेर्न भ्याएको थिएन। लकडाउनका बेला अदालत बन्द थियो।
सापकोटाविरूद्ध पत्रकार कनकमणि दीक्षितले समेत मुद्दा दायर गरेका छन्। दीक्षितले सापकोटा फरार अपराधी भएकाले पक्राउ गर्न माग गर्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।
२०६८ सालको असारमा सर्वोच्च अदालतले लामाको हत्यामा सापकोटा संलग्न भएर/नभएको अनुसन्धान गर्न आदेश दिएको थियो। २०६२ सालमा काभ्रेमा लामाको अपहरणपछि हत्या भएको थियो। सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने जिकिर गर्दै आरोप अस्वीकार गर्दै आएका छन्।
युग संवाददाता । । ३ पुष २०७७, शुक्रबार १४:०१