‘श्रीमतीको गहनाबाट व्यवसाय सुरु गरेँ’

जब मान्छे जन्मिन्छ, तब उसको संघर्षको यात्रा सुरु हुन्छ । बाल्यकालमा आमाबुवाले साथ दिए पनि त्यसपछिको यात्रामा मानव स्वंयमले एक्लै संघर्ष गर्नुपर्छ । संर्घषको पाइला बीच यात्रामै विचलन भए जिन्दगीले सार्थक लक्ष्य भने चुम्न सक्दैन । एउटा भनाइ छ, ‘सफलताको जन्मदाता नै साहस हो ।’ त्यस्तै साहस भएका व्यक्ति हुन् झपेन्द्र गहतराज । जिन्दगीको यात्रामा जीउन र केही बन्नकै लागि उनले कयौं संघर्ष गर्नुप¥यो । पाल्पामा उनको जन्म भएको हो । आमाको माया ममता के हो भनेर बझ्ने उमेरमा उनले आमालाई गुमाउनु प¥यो । आमालाई गुमाईसकेपछि उनका बुवाले दोस्रो विहे गरे । आमाको सहारा छुटेपछि उनको कठोर संर्घषको दिन सुरु भए । उनी पाल्पाबाट सिधै सुर्खेत हानिए । सुर्खेतमै सुनचाँदीको व्यवसाय सुरु गरे । आजको जम्काभेटमा हाम्रा सहकर्मी गीता थापाले उनै व्यवसायी गहतराजसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कराकानीको सम्पादित अंश ः

बाल्यकालदेखि नै संघर्ष

पिता बाबुराम गहतराज र माता पार्वती गहतराजको कोखबाट वि.स. २०३१ सालमा पाल्पाको तत्कालिन बन्दपोखरा गाविस वडा नम्बर ७ मा जन्मिएका झपेन्द्र गहतराजको बाल्यकाल सामान्य नै वित्यो । सामान्य घरपरिवारमा जन्मिएका उनले बाल्यकालदेखि नै धेरै संर्घष गरे । उनी पाल्पामा जन्मिए पनि उनको बाल्यका भने पोखरामा वित्यो । उनको बुवाको सुनचाँदीको पसल पोखरामा भएका कारण उनको बाल्यकाल पोखरामै वित्यो । उनी २०४६ सालमा फेरी पाल्पा फर्किए । पाँचवर्ष पाल्पामा बसे । बाल्यकालमा उनी चञ्चले स्वभावका थिए । साथीभाईसँग खेल्न र रमाउँन उनलाई साह्रै मन लाग्थ्यो ।

बिचमै रोकियो पढाइ

उनका बुवा पोखरामै व्यापार गर्ने भएकाले उनले पोखरामै पढे । पोखराको कालिका माविमा उनले कक्षा पाँचसम्म मात्र पढे । त्यसपछिको पढाइलाई भने उनले निरन्तरता दिन सकेनन् । उनले जन्मदिने आमालाई गुमाइ सकेका थिए । उनको आमाको २०४८ सालमा निधन भएको थियो । उनको आमाको निधन भएपछि बुवाले कान्छी आमा विहे गरे । उनले आफ्नी आमाको माया राम्रोसँग पाउन पनि सकेनन् । बाल्यकालदेखि नै दुख गर्दै आएका उनले पढ्ने इच्छा हुँदाहुँदै पनि विभिन्न पारिवारीक समस्याका कारण आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । मध्यम परिवारमा जन्मिएका उनलाई पढाइ बीचमै रोकेर काममा लाग्नु प¥यो ।

कामको शिलशिलामा सुर्खेत आए

कामको शिलशिलामा २०४८ सालमा उनी आफ्नो अंकलसँग सुर्खेत आए । उनलाई राम्रोसँग काम आउँन्थेन । उनले सुरुमा आफ्नो पुसाइँको रुकमणी सुनचाँदी पसलमा काम सिके । उनी पुसाइँसँगै बसेर काम सिके । त्यहाँ काम सिकेसकेपछि उनी भैरहवा टेर्र्डसमा फेरी काम गर्न गए । काम सिकी सकेपछि उनी कमाउनका लागि अर्काेको पसलमा काम गर्न थाले । भैरहवा टेर्डसमा पाँच वर्ष काम गरे । कालिगडको काम गर्दै उनले केही पैसा कमाउन सुरु गरेका थिए ।

डेढतोला सुनबाट व्यवसाय सुरु

अर्काको पसलमा काम गरेपछि उनले अब आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्दै २०६३ सालमा न्यु पाल्पाली सुनचाँदी पसल सुरु गरे । उनको पसल लक्ष्मी हल लाइनमा छ । उनका बुवाको पुख्र्यौली पेशा भएका कारण उनी पनि उक्त पेशामा नै लागे । उनले बुवाको पसलमा भने काम सिकेनन् । उनी सुर्खेत आएरै काम सिके र आफ्नो व्यवसाय सुरु गरेका हुन् । उनले २०५१ सालमा विहे गरेपछि उनलाई व्यवसाय गर्नमा प्रेरणा मिल्यो । उनले श्रीमतीको गहनाबाट व्यवसाय सुरु गरेका हुन् ।

श्रीमतीको डेढ तोलाको सुनबाट सुरु गरेको पसलमा कालिगड लिएर बसेका हुन् । सामान्य रुपमा सुरु भएको व्यवसायले उनले अहिले पसललाई ठुलो गराएका छन् । त्यही व्यवसायबाट नै सुर्खेतमा जग्गा किनेर घर बनाएका छन् । साथै दुई छोरालाई पढाउने, घरखर्च सबै त्यही व्यवसायबाट नै पुगेको छ । उनी भन्छन्, ‘यही व्यवसायबाट नै मैले जग्गा जोडँे, घर बनाएँ र अहिले सबै परिवारको खर्च, दुई छोराहरुको पढाइ खर्च सबै यसैबाट पुगेको छ, हामी खुशी छौ ।’ अहिले उनको व्यवसाय फस्टाउँदै गएको छ । विहेको सिजन र चाडपर्वको सिजनमा अलि बढी व्यापार हुने उनको भनाइ छ । अघिपछि सामान्य व्यापार भए पनि सिजनको समयमा भने राम्रो नै व्यापार हुने गर्छ ।

बाल्यकालको सपना

सबैले बाल्यकालमा भविष्यको योजना बनाउने गर्छन् । कसैको डाक्टर बन्ने सपना हुन्छ, कसैको इन्जिनियर त कसैको पाइलट बन्ने सपना । तर उनले बाल्यकालमा त्यस्तो केही योजना बनाएनन् । बाल्यकालमा धेरै दुख गरेका कारण भविष्यका लागि उनको ठुलो योजना केही भएन । पढाइ पनि पुरा गर्न नपाएका उनले बुवाकै पुख्र्याैली पेशालाई अंगाले । तर बाल्यकालमा बुवाको पेशा नै गर्छु जस्तो लागेको थिएन । पछि पढाइ गर्न नपाएपछि विकल्प बुवाको पेशाबाहेक अरु उनले देखेनन् र सुनचाँदी व्यवसायमा होमिए । व्यवसायमा पनि उनी अहिले सफल व्यवसायिकको रुपमा परिचित छन् ।

अबको योजना

उनको भावी योजना पनि त्यति ठुलो छैन । बाल्यकालदेखि दुख गर्दै आफ्नो कमाइमा रमाएका उनी भविष्यमा पनि छोरालाई राम्रोसँग पढाउने र व्यवसायलाई निरन्तरता दिने उनको योजना रहेको छ । उनको जेठो छोराले पनि उनलाई पसलमा सघाउने गर्छन् । छोराले पनि काम सिकी सकेका छन् । उनी भन्छन्, ‘मेरो भविष्यको ठुलै योजना त केही छैन, यही व्यवसायलाई राम्रोसँग अगाडी बढाउने र छोरालाई पनि यसै व्यवसायमा लगाएर हाम्रो पुख्र्यौली पेशालाई जोगाउने योजना रहेको छ ।’

तपाईको प्रतिक्रिया