एसओएसका सहायक निर्देशक शाही अनैतिक अवस्थामै पक्राउ

सुर्खेत, ३ पुष ।
महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय सामाजिक संस्था एसओएस बालग्राम सुर्खेतको वदनाम गरिएको छ । एसओएस बाल ग्राम सुर्खेतका सहायक निर्देशक निराजन शाही अनैतिक कार्यमा संलग्न भएको घटना बाहिरिएपछि सामाजिक संस्थाको बदनाम भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सहायक निर्देशक शाहीलाई पक्राउ गरेपछि एसओएस परिवारभित्र खैलाबैल्ला मच्चिएको छ । नेपाली सेनामा कार्यरत हालै शान्ति सेनाबाट घरफर्किएका सैनिक जवानकी श्रीमतिसंग विगत दुई बर्षदेखि लिभिङ टुगेदरमा सहायक निर्देशक शाही रहेका थिए ।

पहिलो पटक २०६७ बैशाख १३ गते साँझ पक्राउ परी छुटेका थिए । दोस्रो पटक मंगलबार २०७७ मंसिर ३० गते उनै महिलाको कोठाबाट अनैतिक कार्यमा लिप्त भएको अवस्थामा रंगेहात प्रहरीले पक्राउ थियो । महिलाका आफ्न्तले आशंका गरेपछि उनीहरुको क्रियाकलाप, आउजाउ, भेटघाटको नियमित निगरानी गरिरहेका थिए । त्यस क्रममा परिवारले प्रमाण स्वरुप दर्जनौं फोटो, भिडियो, अडियो कुराकानीको फोन रेकर्डसमेत संकलन गरेका छन् ।

यही मंगलबार पुनः दोस्रो पटक पक्राउ परेपछि सहायक निर्देशक शाहीलाई बचाउन एसओएस बालग्रामका निर्देशक मुकुन्द कुमार गिरीले फर्जि पत्र पठाई पारिवारिक विवादमा सिंगो संस्थालाई मुछेका छन् । कार्यालयको कामको बाहनामा अपरिचित महिलाको कोठामा अनैतिक क्रियाकलापका लागि पुगेका सहायक निर्देशक शाहीलाई बचाउन निर्देशक गिरीले संस्थागत अधिकारको दुरुपयोग गरेका छन् ।

घटना भएपछि त्यसलाई ढाकछोप गर्न, अन्यत्र विषयान्तर गराउन निर्देशक गिरीकै योजनामा उनी पक्राउ परेको स्थानका घरबेटी र उनका नातागोताका ६ जना विद्यार्थी र उनका अभिभावकबाट पठन पाठन कार्यमा सहयोग गरिदिन भन्दै निवेदन मागिएको थियो । उक्त निवेदनलाई आधार बनाएर एसओएस बालग्राम सुर्खेतको कार्यादेश अनुसार स्थलगत अध्ययन, अनुसन्धानमा खटाइएको भन्दै नक्कली, फर्जि पत्र प्रहरी कार्यालयलाई पठाइएको छ ।

प्रहरीले महिलाकै कोठाबाट साँझ ७ बजे रंगेहात पक्राउ गर्ने प्रहरीलाई उल्टै कारवाहीको माग गर्दै निर्देशक गिरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई उल्टै पत्र लेखेका छन् । सहायक निर्देशक शाहीको हर्कत जोगाउन सिंगो संस्थालाई बदनामित गराएका छन् । घटनाका बारेमा विगतदेखि जानकार हुँदा हुँदै व्यक्तिगत गलत आचरणको ढाकछोप गर्दै सिंगो संस्थालाई वदनामित गराएको आफ्न्तहरुको आरोप छ ।

घटनाले अभिभावक विहिन, बेसाहारा बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षादिक्षा दिने कार्य गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था बालग्राम सुर्खेतको वदनाम भएको छ । बालग्राममा रहेका बालाबालिका र एकल महिला आमाहरुलाई मनोपरामर्श दिने प्रमुख जिम्मेवारी पाएको व्यक्तिले नै आफ्नो छोरालाई श्रीमतिसंग छुटाएर केही महिनादेखि आफुसंगै राख्ने गरेका छन् । सहायक निर्देशक शाहीले आफ्नो ९ बर्षको छोरालाई पटक पटक यातना दिने गरेको छिमेकीहरुले बताएका छन् । यस्तो कार्यमा संलग्न व्यक्तिबाट बालग्राम भित्र रहेका एकल महिला आमाहरु र बालबालिकाहरु कसरी सुरक्षित छन भन्ने प्रश्न एसओएस बालग्राम नेपाल सिंगो संस्थामाथी खडा भएको छ ।

घटनालाई विषयान्तर गराउने मुख्य नाइके को को हुन ?
यो घटना सार्वजनिक भएपछि सहायक निर्देशक निराजन शाहीलाई बचाउन उनका आफ्न्तले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई भेटेर कारवाहीबाट बचाउन दौडधुप गरेको मुख्यमन्त्री स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री शाहीकै गृहजिल्ला कालीकोट निवासी रहेका सहायक निर्देशक शाहीलाई बचाउन मुख्यमन्त्री र उनको सचिवालयबाट प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले थप दवाव दिइएको मुख्यमन्त्री स्रोतको दावि छ । दवावमा परेको प्रहरीले घटनाको सत्य, तथ्य अनुसन्धान गर्न नपाउँदै रंगेहात पक्राउ परेका सहायक निर्देशकलाई सोही साँझ प्रहरी कार्यालयबाट छोडिएको थियो ।

घटनालाई थप अतिरञ्जित र विषायान्तर गराउन एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले संस्थागत लेटरप्याड र छापको दुरुपयोग गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएका छन् । एक जना व्यक्तिको चारित्रिक विषयलाई विषयान्तर गर्दै सिंगो संस्थालाई घटनामा मुछेका छन् । यस घटनाको ढाकछोप गर्ने पहिलो प्रमुख नाइके एसओएस बालग्रामकै निर्देशक गिरी बनेका छन् । घटना बाहिरिएपछि एसओएस बालग्राम सुर्खेतका निर्देशक गिरी र सहायक निर्देशक शाहीलाई कारवाही तथा पदमुक्त गर्न पिडितहरुले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया